CG Electronics
IME Life
NIMB

पत्रकारिता मातृभाषा संरक्षण गर्ने सशक्त हतियार भएको अन्तर्राष्ट्रिय सम्मेलनको निष्कर्ष

NIMB
Himalayan Bank

 

भारत, वैशाली । दक्षिण एसियाका बहुभाषिक समाजमा लोप हुँदै गएका भाषा र संस्कृतिको संरक्षणमा पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्न सक्ने निष्कर्षसहित भारतको नालन्दा खुला विश्वविद्यालयमा आयोजित अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबार सम्पन्न भएको छ।

सार्क जर्नलिस्ट फोरम इन्टरनेशनलको भारतस्थित बिहार च्याप्टरले अमरपाली कला–साहित्य सम्मेलन तथा मानवअधिकार टुडेसँग सहकार्य गरी आयोजना गरेको उक्त सम्मेलन दुई दिनसम्म सञ्चालन भएको थियो। सम्मेलनले पत्रकारिता केवल सूचना प्रवाहको माध्यम मात्र नभई मातृभाषा संरक्षणको सशक्त औजार बन्न सक्ने निष्कर्ष निकालेको छ।

सम्मेलनमा नेपालका तर्फबाट सहभागी नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले दक्षिण एसियामा मातृभाषा पत्रकारितामार्फत भाषा–संस्कृति जोगाउन पत्रकारहरूबीच आपसी ज्ञान, सीप र अनुभव आदान–प्रदानलाई केन्द्रमा राखेर छलफल गरिएको जानकारी दिनुभयो।

मातृभाषा लोपोन्मुख बन्दै गएको सन्दर्भमा पत्रकारिताको भूमिकाबारे चर्चा गर्दै सम्मेलनमा सहभागी पत्रकार राजु नापितले बहुभाषिक तथा बहुसांस्कृतिक दक्षिण एसियामा पत्रकारितामार्फत लोप हुँदै गएका भाषा र संस्कृतिलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा गहन विमर्श भएको बताउनुभयो। नेवाः पत्रकार राष्ट्रिय दबू मातृभाषा पत्रकारिता सम्मेलनमा दोस्रो पटक सहभागी भएको पनि उहाँले जानकारी दिनुभयो।

सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशिभूषण कुमारको अध्यक्षतामा सम्पन्न सम्मेलनका प्रमुख अतिथि पूर्व सिक्किम राज्यपाल गंगाप्रसाद रहनुभएको थियो। सम्मेलनमा मौरिससका पूर्व उपप्रधानमन्त्री हरिश बुद्धुकी धर्मपत्नी तथा अन्तर्राष्ट्रिय संस्कृति संवाहिका डा. सरिता बुद्धु, नेपालबाट सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, थाइल्याण्डका प्रतिनिधि डा. पी. सी. चन्द्रा लगायत विभिन्न देशका करिब तीन दर्जन प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यो सम्मेलन बिहारमा सम्पन्न भएको चौथो अन्तर्राष्ट्रिय सम्मेलन भएको सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष शशिभूषण कुमारले जानकारी दिनुभयो। सम्मेलनका अवसरमा नेपालबाट सहभागी पत्रकारहरूलाई अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता अवार्ड प्रदान गरिएको थियो। अवार्ड प्राप्त गर्ने पत्रकारहरूमा नृपेन्द्रलाल श्रेष्ठ, राजु नापित, सदाब मलिक, दिपेन्द्र प्रजापति, अभिलाष गुप्ता, शैलेश गुप्ता, राजन कुमार सिंह र सुभास राम रहेका छन्।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...