CG Electronics
IME Life
NIMB

सन नेपाल लाइफ इन्स्योरेन्सको नेशनल एजेन्सी मिट २०८२ पोखरामा सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको अध्यक्षतामा होटल ग्रान्ड पोखरामा दुई दिने नेशनल एजेन्सी मिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। देशभरिका प्रतिष्ठित एजेन्सी लिडर तथा उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा कम्पनीले असाधारण प्रदर्शन गर्ने अभिकर्ताहरू तथा MDRT 2026 हासिल गर्ने सदस्यहरूलाई विशेष सम्मान प्रदान गरेको हो।

कार्यक्रमको पहिलो दिन उत्कृष्ट व्यवसाय, समर्पण र निरन्तर योगदानमार्फत कम्पनीको वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिकर्ताहरूलाई कदर गर्दै सम्मान समारोह आयोजना गरिएको थियो। MDRT 2026 प्राप्त गर्ने अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको उपलब्धिका रूपमा विशेष सम्मान गर्दै कम्पनीले उनीहरूको पेशागत उत्कृष्टता र नेतृत्व क्षमताको उच्च मूल्याङ्कन गरेको थियो।

दोस्रो दिन अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा केन्द्रित प्रशिक्षण सत्र सञ्चालन गरियो। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेल्स ट्रेनर तथा लिडरसिप कोच श्री अनिल झा ले बिक्री कौशल, नेतृत्व क्षमता, सोचको रूपान्तरण तथा ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माणका विषयमा प्रेरणादायी प्रशिक्षण प्रदान गर्नुभयो। उहाँको सशक्त प्रस्तुति र व्यावहारिक अनुभवले सहभागी अभिकर्ताहरूलाई अझ उच्च लक्ष्यसहित अघि बढ्न उत्प्रेरित गरेको थियो।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कबि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईको प्रमुख उपस्थिति रहेको थियो त्यस्तै उत्कृष्ट नतिजा हासिल गर्ने शाखा प्रमुखहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

सुन्दर पर्यटकीय नगरी पोखरामा सम्पन्न नेशनल एजेन्सी मिटले विगतका उपलब्धिहरूको उत्सव मनाउनुका साथै भविष्यमा अझ सशक्त, व्यावसायिक र ग्राहककेन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धतालाई थप बलियो बनाएको छ।

हाल सन नेपाल लाइफ इन्स्योरेन्सको देश भरि १४८ शाखा तथा उपशाखा संचालनमा रहेका छन्।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...