Ncell NPL
NIMB
NMB Bank

नेशनल लाईफ इन्स्योरेन्सद्वारा २८० अभिकर्तालाई एकदिने तालिम प्रदान

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो मासिक योजना “मन्थन २०८२” अन्तर्गत छनौट भएका अभिकर्ताहरूलाई एकदिने तालिम प्रदान गरेको छ।

कम्पनीले बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध रही व्यवसायमा तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई लक्षित गर्दै धुलिखेलस्थित होटल सारथीमा तालिम कार्यक्रम आयोजना गरेको हो।

कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा छनौट भएका २८० जना अभिकर्ताहरूलाई चर्चित प्रशिक्षक काजिम राजाले प्रशिक्षण प्रदान गरेका थिए। प्रशिक्षणका क्रममा उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै एमडिआरटी (MDRT) लक्ष्य हासिल गर्ने उपायहरूबारे जानकारी दिएका थिए।

कार्यक्रममा उप प्रमुख कार्यकारी अधिकृत कडेलले अभिकर्ता पेशालाई थप व्यावसायिक बनाउने उद्देश्यले कम्पनीले विभिन्न अभिकर्ता–मैत्री मासिक तथा वार्षिक योजना सञ्चालन गर्दै आएको बताए। उनले “प्रेरणा, प्रगति र पेशागत उत्कृष्टता” नारासहित मन्थन योजना अघि बढाइएको उल्लेख गर्दै, देशभरबाट ७०० भन्दा बढी अभिकर्ता छनौट हुनु यस योजनाको सफलताको प्रमाण भएको बताए।

सो अवसरमा शाखास्तरीय प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशिल प्रताप राणाले यस्ता तालिमले अभिकर्ताहरूलाई आफ्नो पेशामा उत्कृष्टता हासिल गर्न र प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल साबित गर्न मद्दत गर्ने बताए।

तालिममा सहभागी अभिकर्ताहरूले यस्ता कार्यक्रमबाट बिमा व्यवसायमा अझ प्रगति गर्ने प्रेरणा मिलेको बताएका थिए भने सम्मानित अभिकर्ताहरूले आफ्नो मेहनतको फल प्राप्त भएको भन्दै आगामी दिनमा अझ मेहनतका साथ पेशालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४६

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो...

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्‍याउन स्वीकृति

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४०

  काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड ले महत्वपूर्ण उपलब्धि हासिल...

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:३४

काठमाडौं, वैशाख ३ — एन आई सी एशिया बैंक लिमिटेड...

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ वार्षिक अभियान “Experience Life with CG” सार्वजनिक

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१९

काठमाडौँ । नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...