CG Electronics
IME Life
NIMB

नेशनल लाईफले पोखरामा अभिकर्ताहरूलाई एकदिने तालिम प्रदान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूलाई एकदिने व्यवसायिक तालिम प्रदान गरेको छ। कम्पनीद्वारा जारी गरिएको मासिक योजना मन्थन–२०८२ अन्तर्गत तोकिएको व्यवसाय पूरा गरी छनोट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालय तथा लुम्बिनी र बागमती प्रदेशका केही शाखा कार्यालयमा आबद्ध १८५ जना अभिकर्ताहरूलाई पोखरास्थित होटल मेजेष्टिक लेक फ्रन्टमा तालिम दिइएको हो।

बीमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम राजाले तालिम प्रदान गर्नुभएको थियो। तालिमको क्रममा उहाँले एमडीआरटी, सिओटी र टिओटीको लक्ष्य प्राप्त गर्न अपनाउन सकिने विभिन्न उपायहरू तथा फरक तरिकाले बजारमा आफूलाई प्रस्तुत गर्ने सीपबारे प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा कम्पनीकी उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेलले यस्ता तालिमले अभिकर्ताहरूको मनोबल वृद्धि भई व्यावसायिक लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले कम्पनीले “प्रेरणा, प्रगति र पेशागत उत्कृष्टता” भन्ने नारासहित मासिक योजना मन्थन सञ्चालन गर्दै आएको र यस योजनाअन्तर्गत देशभरबाट छनोट भएका ७०० भन्दा बढी अभिकर्ताहरूलाई पायक पर्ने विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। साथै उहाँले शाखास्तरीय प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गर्नुभयो।

एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उतारी प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल सावित गर्ने अपेक्षा व्यक्त गर्नुभयो। कार्यक्रमको अन्त्यमा पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले यस्ता उत्कृष्ट तालिमले आफ्नो मनोबल उच्च भएको, आगामी दिनमा बीमा व्यवसायमा थप प्रगति गर्ने प्रेरणा मिलेको तथा सम्मान प्राप्त हुँदा आफ्नो मेहनतको कदर भएको अनुभूति भएको प्रतिक्रिया दिएका थिए।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...