CG Electronics
IME Life
NIMB

सूर्यज्योति लाइफलाई ‘बेष्ट इनोभेसन लिड बाई टेक्नोलोजी एण्ड इन्स्योरेटेक’ अन्तर्राष्ट्रिय अवार्ड

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजित ‘इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२५’ अन्तर्गत सम्मान गरिएको छ।

अवार्डको छैटौं संस्करणअन्तर्गत ६ फेब्रुवरी २०२६ मा थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा सूर्यज्योति लाइफले ‘बेष्ट इनोभेसन लिड बाई टेक्नोलोजी एण्ड इन्स्योरेटेक’ (नेपाल विधा) मा अवार्ड प्राप्त गरेको हो।

उक्त कार्यक्रममा भारत, नेपाल, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्ड लगायत विभिन्न देशका बीमा कम्पनीका उच्च पदाधिकारीहरूको सहभागिता रहेको थियो। विश्वप्रसिद्ध चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्ल्यूसी, इन्डियन इन्स्टिच्युट अफ इन्स्योरेन्स, अन्तर्राष्ट्रिय बीमा विज्ञ लगायत प्रतिष्ठित संस्थाहरूले स्वतन्त्र रूपमा मूल्यांकन गरी विभिन्न वित्तीय सूचकका आधारमा अवार्ड प्रदान गरेका हुन्।

उक्त अवार्ड सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले ग्रहण गरेका थिए। कार्यक्रममा कम्पनीका सञ्चालक चुडामणि देवकोटा, नायब प्रमुख कार्यकारी अधिकृत फर्शुराम मरासिनी तथा चिफ सपोर्ट सर्भिसेज प्रमुख उमेश प्रसाद मैनालीको पनि उपस्थिति रहेको थियो।

कम्पनीले विभिन्न सूचकमा उत्कृष्ट कार्यसम्पादन गर्दै नवप्रवर्तन र डिजिटलीकरणमार्फत आफ्नो अलग पहिचान बनाउन सफल भएको जनाएको छ। अन्तर्राष्ट्रिय स्तरको अवार्ड प्राप्त गर्न कम्पनीका कर्मचारी र अभिकर्ताहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै अध्यक्ष भट्टराईले नियामक निकाय बीमा प्राधिकरणको मार्गनिर्देशन तथा सञ्चालक समितिको सहयोग र विश्वासप्रति कृतज्ञता व्यक्त गरेका छन्।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...