CG Electronics
IME Life
NIMB

बतास–एमएडब्लुले इटहरीमा भल्भो–आइसरको अत्याधुनिक थ्रीएस सुविधा सञ्चालनमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

इटहरी । भल्भो–आइसरको नेपालका लागि आधिकारिक वितरक बतास–एमएडब्लु कमर्सियल भेइकल प्रालिले पूर्वी नेपालका ग्राहकलाई लक्षित गर्दै सुनसरीको रामधुनी नगरपालिका–तित्रिबनमा अत्याधुनिक आइसर थ्रीएस (सेल्स, सर्भिस र स्पेयर्स) सुविधा सञ्चालनमा ल्याएको छ।

उद्घाटन समारोहमा रामधुनी नगरपालिकाकी उपमेयर तारा थापा, एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, बतास–एमएडब्लु कमर्सियल भेइकल्सका प्रबन्ध निर्देशक शान्ता राज बतास, भीई कमर्सियल भेइकल्स (भीईसीभी) का इन्टरनेसनल बिजनेस हेड तथा सिनियर भाइस प्रेसिडेन्ट अमन अरोरा लगायत उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), सीएनआई, अटोमोबाइल संघसंस्थाका प्रतिनिधि, बैंकर्स, ग्राहक तथा व्यावसायिक साझेदारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै एमएडब्लु इन्टरप्राइजेज प्रालिका भाइस प्रेसिडेन्ट हेमन्त पुराणिकले रामधुनी–इटहरी क्षेत्रमा थ्रीएस सुविधा सञ्चालन कम्पनीको दीर्घकालीन प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले विश्वस्तरीय उत्पादन, व्यावसायिक आफ्टर–सेल्स सेवा तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको उल्लेख गरे।

नयाँ थ्रीएस सेन्टरमा दक्ष प्राविधिक, अत्याधुनिक डायग्नोस्टिक उपकरण तथा पूर्ण रूपमा सुसज्जित स्पेयर पार्ट्स केन्द्र रहेको कम्पनीले जनाएको छ। यसले सवारी साधनको मर्मत समय घटाउँदै अधिकतम अपटाइम सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

रामधुनी नगरपालिकाकी उपमेयर तारा थापाले यस्तो आधुनिक डिलरशिपले स्थानीय आर्थिक विकास र रोजगारी सिर्जनामा योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

एमएडब्लु ग्रुप तथा बतास–एमएडब्लु कमर्सियल भेइकल्सका अध्यक्ष विष्णु कुमार अग्रवालले नयाँ सुविधा यस क्षेत्रको भविष्यको मोबिलिटी विकाससँग जोडिएको परियोजना भएको बताए। उनले कम्पनीले उन्नत प्रणाली, दक्ष जनशक्ति र ग्राहक–केन्द्रित सेवामा निरन्तर लगानी गरिरहेको उल्लेख गरे।

भीईसीभीका सिनियर भाइस प्रेसिडेन्ट अमन अरोराले नेपालमा बलियो आफ्टर–सेल्स सपोर्ट र ग्राहक सेवा कम्पनीको प्रमुख रणनीति रहेको बताए। उनले भल्भो–आइसर संयुक्त उद्यममार्फत बीएस६ सिरिज र प्रो एक्स सिरिज जस्ता उन्नत उत्पादन आगामी दिनमा उपलब्ध हुने जानकारी दिए।

बतास–एमएडब्लु कमर्सियल भेइकल्सका प्रबन्ध निर्देशक शान्ता राज बतासले यस सुविधाले भल्भो–आइसरसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै नेपालभर नेटवर्क विस्तार गर्न सहयोग पुग्ने बताए।

पूर्वी नेपालको प्रमुख व्यापारिक तथा लजिस्टिक्स करिडोरमा अवस्थित उक्त थ्रीएस सुविधाले सवारी बिक्री, आधुनिक सर्भिस पूर्वाधार तथा जेन्युइन स्पेयर पार्ट्स सेवा एकै स्थानबाट उपलब्ध गराउने कम्पनीले जनाएको छ। उद्घाटन समारोह सवारी साधन प्रदर्शन तथा नेटवर्किङ कार्यक्रमसँगै सम्पन्न भएको थियो।

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...