IME Life
NIMB

सुपर खुदी हाइड्रोपावर लिमिटेड आईपीओ बाँडफाँड सम्पन्न, १ लाख २८ हजारलाई १० कित्ता शेयर, २४ लाखभन्दा बढी आवेदक निराश

NIMB
Himalayan Bank

 

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड आज बिहान सम्पन्न गरेको छ। कम्पनीले फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो भने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड ले आज बिहान साढे ८ बजे बाँडफाँड गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ३१ लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो। यसमध्ये १५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि नै बाँडफाँड गरिसकिएको थियो।

त्यसैगरी, ७७ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र ३१ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ८६ हजार ५०० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।

उक्त आईपीओमा २५ लाख ८० हजार ४७० जना योग्य आवेदकले कुल २ करोड ७७ लाख ३ हजार ८८० कित्ताका लागि आवेदन दिएका थिए। यो माग उपलब्ध शेयरभन्दा २१.५३ गुणा बढी भएकोले गोलाप्रथामार्फत बाँडफाँड गरिएको हो। साथै, ३९ हजार ८७१ जनाको आवेदन भने विभिन्न कारणले रद्द भएको थियो।

बाँडफाँड अनुसार १ लाख २८ हजार ६५० जना आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने २४ लाखभन्दा बढी आवेदकको हात खाली भएको छ। कम्पनीका अनुसार आईपीओको नतिजा केही समयमै सार्वजनिक गरिने जनाएको छ।

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल : एक महिना पुग्ने ग्यास भएकाले लाइनमा नबस्न आग्रह

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल...

वि.सं.२०८३ साउन २० बुधवार ०७:४३

  काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२ युवाले पाए प्राविधिक तालिम

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:०८

  काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले ‘एलजी शिपशिक्षा’ कार्यक्रमको...

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न...

वि.सं.२०८३ साउन १९ मंगलवार २२:१७

काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार...