IME Life
NIMB

कञ्चनपुर–२ का २२ वडामा जग्गा नापी सम्पन्न, डेढ वर्षभित्र लालपुर्जा वितरण गर्छौ : एनपी साउद

NIMB
Himalayan Bank

महेन्द्रनगर। नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनपी साउद ले डेढ वर्षभित्र नागरिकलाई लालपुर्जा उपलब्ध गराउने बताएका छन्।

शनिबार शुक्लाफाँटा नगरपालिका-७ सिमलफाँटामा आयोजित मतदातासँगको भेटघाट कार्यक्रममा उनले कञ्चनपुर–२ का तीनवटै पालिकाका नागरिकलाई लालपुर्जा उपलब्ध गराइने बताएका हुन्।

उनले नेकपा नेतृत्वको सरकारले बढाएको राजस्व घटाइएको पनि बताए। ‘नेकपाको सरकारले न्यूनतम ८ प्रतिशत र अधिकतम २ सय प्रतिशत राजस्व लिएर लालपुर्जा दिने भनेको थियो,’ उनले भने, ‘त्यसलाई घटाएर ५ देखि १० प्रतिशत राजस्व कायम गराएका छौं।’ भूमिहीनलाई निःशुल्क जग्गा उपलब्ध गराउने व्यवस्था गरिएको उनको भनाइ छ।’कञ्चनपुर क्षेत्र नम्बर २ का ३० वडामध्ये २२ वडामा जग्गा नापजाँचको काम सम्पन्न भएको साउदले बताएका छन्।

कहाँ कति भयो नापी?
कञ्चनपुर क्षेत्र नम्बर २ अन्तर्गत पर्ने बेदकोट नगरपालिकाका १० वटै वडामा जग्गा नापी सम्पन्न भएको छ। त्यसैगरी, कृष्णपुर नगरपालिकाका ७ वडामा नापी सम्पन्न भएको छ भने २ वडामा मात्र नापी हुन बाँकी छ। वडा नम्बर ५ र ६ मा मात्र जग्गा नापजाँच हुन बाँकी रहेको छ। केही दिनमै वडा नम्बर ६ मा नापी सुरु हुने नगरपालिकाले जनाएको छ। यसैगरी, शुक्लाफाँटा नगरपालिकाका ५ वडामा नापी सम्पन्न भएको छ भने ३ वडामा नापी भइरहेको छ। यहाँका वडा नम्बर १, २, ३, ९ र १२ मा नापी सम्पन्न भएको छ भने वडा नम्बर ४, ५ र ११ मा नापी भइरहेको छ।

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...