IME Life
NIMB

आईटी अब सबै दलहरूको साझा राष्ट्रिय एजेन्डा: घोषणापत्रभन्दा व्यवहारमा कार्यान्वयनमा जोड

NIMB
Himalayan Bank

 

काठमाडौं। सूचना प्रविधि (आईटी) क्षेत्रको विकास अब केवल चुनावी घोषणापत्रको विषय नभई साझा राष्ट्रिय एजेन्डा बनेको नेताहरूले बताएका छन्। आइसिटी फाउन्डेसन नेपालले काठमाडौंमा आयोजना गरेको दोस्रो चरणको ‘डिजिटल लिडरसीप डायलग’ कार्यक्रममा विभिन्न दलका नेताहरूले घोषणापत्रमा उल्लेखित प्रतिबद्धतालाई व्यवहारमा उतार्ने समय आएको स्पष्ट पारे।

नेपाल डिजिटल लिडका अध्यक्ष तथा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व वरिष्ठ निर्देशक आनन्द राज खनालले घोषणापत्रले भविष्यमुखी लक्ष्य राखे पनि वर्तमान चुनौतीहरूको पर्याप्त चित्रण नभएको टिप्पणी गरे। ‘फ्युचरिस्टिक कुरा गरेर अहिलेका चुनौती सम्बोधन नगर्ने हो भने ती सबै सपना मात्रै हुन्छन्,’ उनले भने।

उज्यालो नेपाल पार्टीका उम्मेदवार श्री गुरुङले नवप्रवर्तन, स्टार्टअप र प्रविधिमा राष्ट्रिय आम्दानीको कम्तीमा १ प्रतिशत लगानी गर्नुपर्ने बताए। उनी एआई पूर्वाधार विकासका लागि नेपालमा उपलब्ध हरित ऊर्जा र पानीको स्रोत प्रयोग गर्न सकिने धारणा राखे।

प्यानल संवादमा सहभागी सबै दलले आईटी अब राष्ट्रिय एजेन्डा भएको स्वीकार गरे। डिजिटल सुशासन, पूर्वाधार विकास, डिजिटल डिभाइड न्यूनीकरण, सीप विकास, डिजिटल साक्षरता र स्टेम शिक्षामा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

राप्रपा नेता गजेन्द्र बुढाथोकीले दीर्घकालीन लगानी अभाव भएको र राज्यको भूमिका कमजोर रहेको बताए भने, प्रगतिशील लोकतान्त्रिक पार्टीका केशव अर्यालले नीति निर्माण तहमा दक्ष जनशक्तिको अभाव औँल्याए।

नेकपा एमालेका डा. नेत्र तिमिल्सिनाले डिजिटल पूर्वाधारमा राज्यको लगानी बढाउन र डिजिटल विभाजन कम गर्न सरकारको सक्रिय भूमिका आवश्यक भएको बताए। डा. वेदुराम भुसालले विगतका घोषणापत्रमा आईटी समावेश भए पनि कार्यान्वयन कमजोर भएको स्वीकार गरे।

फाउन्डेसनले प्रतिनिधि सभाको निर्वाचन लक्षित गर्दै सातै प्रदेशमा भौतिक र भर्चुअल माध्यमबाट डिजिटल लिडरसीप डायलग शृङ्खला सञ्चालन गरेको छ। कार्यक्रमले डिजिटल रूपान्तरण, नीति निर्माण र कार्यान्वयनबीचको खाडल कम गर्दै व्यावहारिक परिणाम हासिल गर्ने दिशामा सार्थक संवाद अघि बढाउने विश्वास लिएको छ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...