CG Electronics
IME Life
Ncell NPL

८० लाख बढी मतगणना: समानुपातिकतर्फ रास्वपा ४८% मतसहित पहिलो स्थानमा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म ८० लाख ३३ हजार ८१० मत गणना भइसकेको निर्वाचन आयोग नेपाल ले जनाएको छ। पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट अग्रतामा देखिएको छ।

आयोगका अनुसार रास्वपाले हालसम्म ३८ लाख ६५ हजार ५२० मत अर्थात ४८.१२ प्रतिशत मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १३ लाख १० हजार ८४ मत अर्थात १६.३१ प्रतिशत मत पाएको छ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ११ लाख १० हजार ५९३ मत अर्थात १३.८२ प्रतिशत मत प्राप्त गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी ले ५ लाख ७१ हजार ८३१ मत अर्थात ७.१२ प्रतिशत मत पाएको छ।

यसैबीच श्रम संस्कृति पार्टी ले २ लाख ८० हजार ३३० मत अर्थात ३.४९ प्रतिशत मत प्राप्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पछाडि पारेको छ। राप्रपाले २ लाख ६९ हजार ८४५ मत अर्थात ३.३६ प्रतिशत मत प्राप्त गरेको छ।

अन्य दलहरूले हालसम्म ६ लाख २५ हजार ६०७ मत अर्थात ७.७९ प्रतिशत मत प्राप्त गरेका छन्। तर ती दलहरूबाट प्रत्यक्षतर्फ कुनै उम्मेदवार विजयी नभएकाले उनीहरूले पाएको मतका आधारमा सिट प्राप्त गर्ने छैनन्। उक्त मत थ्रेसहोल्ड पार गर्ने दलहरूबीच बाँडफाँड हुने व्यवस्था रहेको छ।

हालसम्मको यही अनुपात अन्तिमसम्म कायम रहेमा अनुमानित रूपमा रास्वपाले १८२ सिट, कांग्रेसले ३७ सिट, एमालेले २५ सिट, नेकपाले १५ सिट, श्रम संस्कृति पार्टीले ७ सिट र राप्रपाले ५ सिट प्राप्त गर्न सक्ने अनुमान गरिएको छ।

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...