IME Life
NIMB

निर्वाचन सफलतापूर्वक सम्पन्न, स्थिर सरकार र सुशासनको अपेक्षा : राष्ट्रिय व्यवसायिक पहल

NIMB
Himalayan Bank

 

काठमाडौं। राष्ट्रिय व्यवसायिक पहल (NBI) ले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै सन्तोष व्यक्त गरेको छ। साथै संगठनले नव निर्वाचित सरकारबाट स्थिरता, सुशासन र आर्थिक समृद्धिको अपेक्षा पनि गरेको छ।

फागुन २४ गते जारी प्रेस विज्ञप्तिमा संगठनले असाधारण परिस्थितिमा गठन भएको अन्तरिम सरकारको नेतृत्वमा आम निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरेको छ। विज्ञप्तिमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की को नेतृत्वमा रहेको अन्तरिम सरकारले राजनीतिक अस्थिरता, असहमति र सुरक्षा चुनौतीका बीच पनि मुलुकभरका १६५ निर्वाचन क्षेत्रमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराएको भन्दै प्रशंसा गरिएको छ।

संगठनले निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै निर्वाचन आयोग नेपाल, निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना सहित सुरक्षा निकायको समन्वय र सहकार्यको प्रशंसा गरेको छ।

राष्ट्रिय व्यवसायिक पहल ले निर्वाचनमा स्वतन्त्र पर्यवेक्षकको रूपमा सहभागिता जनाउँदै देशभर ११० भन्दा बढी पर्यवेक्षक परिचालन गरी मतदान प्रक्रिया, मतगणना तथा समग्र निर्वाचन व्यवस्थापनको अनुगमन गरेको जनाएको छ। संगठनका अनुसार छिटपुट घटना बाहेक समग्रमा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको अवलोकनबाट पुष्टि भएको छ।

साथै संगठनले दिगो शान्ति, आर्थिक स्थायित्व र समृद्धिका लागि नव निर्वाचित सरकारसँग भ्रष्टाचार नियन्त्रण, कानुनको शासन, पारदर्शिता, सुशासन तथा आर्थिक विकासका मुद्दामा रचनात्मक संवाद र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको महासचिव सुरेन्द्रवीर मालाकार ले जानकारी दिएका छन्।

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मानित

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न,...

वि.सं.२०८३ साउन १९ मंगलवार ०७:५०

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा चारदिने...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...