सानिमा माई हाइड्रोपावरको १४औँ वार्षिक साधारणसभा चैत २९ गते
Friday Mar 13, 2026
वि.सं.२०८२ फागुन २९ शुक्रवार १०:०४
काठमाडौं। सानिमा माई हाइड्रोपावर ले आफ्नो १४औँ वार्षिक साधारणसभा चैत २९ गते आइतबार बोलाउने निर्णय गरेको छ। कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा साधारणसभा गर्ने निर्णय गरेको हो।
बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि शेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने निर्णय समेत गरेको जनाएको छ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत १२ गते एक दिन शेयरधनी दर्ता किताब (बुक क्लोज) गर्ने निर्णय पनि गरेको छ। बुक क्लोजको आधारमा चैत ११ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरू मात्रै सभामा सहभागी हुन सक्नेछन्।
यद्यपि कम्पनीले साधारणसभा बस्ने स्थान र समयसहित सभामा प्रस्तुत गरिने प्रस्तावहरूबारे भने हालसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन।




























