CG Electronics
IME Life
NIMB

हिमालयन लाइफले एजेन्सी मेनेजरलाई घरबाटै बीमा प्रस्ताव पेश गर्ने अन्डरराइटिङ पहुँच दियो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड ले कम्पनीमा कार्यरत एजेन्सी मेनेजरहरूलाई अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेश गर्न सक्ने सुविधा प्रदान गरेको छ। कम्पनीले आफ्नो सफ्टवेयर सिस्टममार्फत एजेन्सी मेनेजरहरूलाई पहुँच उपलब्ध गराउँदै यस्तो व्यवस्था गरेको जनाएको छ।

कम्पनीका अनुसार एजेन्सी मेनेजरहरूले अब घर वा कार्यालयमै बसेर बीमा प्रस्ताव कम्पनीमा पेश गर्न सक्नेछन्। यसका लागि एजेन्सी मेनेजरहरूले सफ्टवेयर सिस्टममा रहेको ‘एजेन्सी पोर्टल’ प्रयोग गरी आफूले संकलन गरेको बीमा प्रस्ताव स्वीकृतिका लागि कम्पनीमा पठाउन सक्ने व्यवस्था मिलाइएको छ।

एजेन्सी मेनेजरहरूले बीमा प्रस्तावका लागि आवश्यक कागजात तथा विवरणहरू एजेन्सी पोर्टलमार्फत पेश गरेपछि कम्पनीले अनलाइन माध्यमबाट अन्डरराइटिङ प्रक्रिया अघि बढाउनेछ। आवश्यक प्रक्रिया पूरा भएमा बीमा प्रस्ताव स्वीकृत गरिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल का अनुसार एजेन्सी मेनेजरलाई अन्डरराइटरको हिस्साजस्तै जिम्मेवारी र पहुँच दिने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराइएको हो। उनले निश्चित शर्तहरू पूरा गरेका एजेन्सी मेनेजरहरूलाई मात्र यो सुविधामा पहुँच दिइने जानकारी दिए।

कम्पनीका अनुसार एजेन्सी पोर्टलमार्फत एजेन्सी मेनेजरहरूले व्यवसायसम्बन्धी रिपोर्ट लगायतका विवरणहरू पनि हेर्न सक्ने व्यवस्था गरिएको छ। आगामी दिनमा यस्ता प्रविधिमैत्री सुविधालाई अझ विस्तार गर्दै सेवा प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने कम्पनीको योजना रहेको जनाएको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...