NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

कर्मचारी दिवसमा सिटिजन्स बैंकले ६२ कर्मचारीलाई सम्मान

NIMB
leapmotornepal (citroen)

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले कर्मचारी दिवसको अवसर पारेर दीर्घ सेवा सम्मान कार्यक्रम आयोजना गरेको छ।

बैंकले स्थापना पश्चात निरन्तर सेवा गर्दै आएका कर्मचारीहरूलाई सम्मान गर्दै १० वर्ष सेवा पुर्‍याएका ४८ जना र १५ वर्ष सेवा पुर्‍याएका १४ जना गरी कुल ६२ जना कर्मचारीलाई प्रमाणपत्रसहित ‘दीर्घ सेवा सम्मान’ पदक प्रदान गरेको जनाएको छ। उक्त सम्मान बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल ले प्रदान गरेका थिए।

२०६४ साल वैशाख ७ गते ४३ जना कर्मचारीबाट सेवा सुरु गरेको बैंकले हाल १,७६४ कर्मचारीमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले हरेक वर्ष चैत्र १ गतेलाई कर्मचारी दिवसका रूपमा मनाउँदै आएको छ भने वार्षिक उत्सवको अवसरमा एक महिने कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले कर्मचारीलाई जिम्मेवार, लगनशील र प्रतिबद्ध भई काम गर्न आग्रह गर्दै बैंकलाई नयाँ उचाइमा पुर्‍याउन सबैको योगदान आवश्यक रहेको बताए।

बैंकका अनुसार हालसम्म ३५६ जना कर्मचारीले १० वर्ष र ६६ जनाले १५ वर्ष सेवा सम्मान प्राप्त गरिसकेका छन्।

यसैबीच, बैंकले हालै विभिन्न नवीन सेवाहरू सञ्चालनमा ल्याएको जनाएको छ। फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल सेवा, ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ जस्ता डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याइएको छ। साथै, फ्रिलान्सर लक्षित बचत खाता तथा मोबाइल बैंकिङमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा समेत सुरु गरिएको बैंकले जनाएको छ।

हाल बैंकले देशभर ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब १९ लाख ९७ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...