ग्राहकको उत्साहजनक सहभागितामा सुरु भयो एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज, दिपल–नामी–अवतार–सेरेसका इभीमा झुम्मिए ग्राहक
Friday Mar 27, 2026
वि.सं.२०८२ चैत १३ शुक्रवार ०८:२८
काठमाडौं । एमएडब्लु वृद्धिको देशव्यापी ‘मेगा एक्सचेन्ज कार्निभल’ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। ग्राहकको उत्साहजनक सहभागितासहित सुरु भएको यस कार्निभलले दिपल, अवतार, नामी र सेरेसजस्ता लोकप्रिय विद्युतीय सवारी (इभी) ब्रान्डहरूलाई एउटै प्लेटफर्ममा समेटेको छ।
कार्निभलको पहिलो दिनमै प्रविधिमा अब्बल र आकर्षक डिजाइनयुक्त इभीमा अपग्रेड हुन चाहने ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको आयोजकले जनाएको छ।
बिहीबारदेखि शनिबारसम्म सञ्चालन हुने यस कार्निभल काठमाडौंको सिल्भरओक, पुल्चोकस्थित सस्कार फाइन डाइन, राधेराधेको हेरिटेज प्यालेसका साथै काठमाडौं बाहिर दिपल र नामीका सोरुमहरूमा पनि आयोजना गरिएको छ।
मेगा एक्सचेन्जअन्तर्गत ग्राहकहरूले प्रत्यक्ष नगद छुट, पुराना सवारीसाधनको उच्चतम् बजार मूल्यांकन, एक्सचेन्ज बोनस, निःशुल्क बीमा तथा चार्जिङ प्याकेज र नेपालकै सबैभन्दा लामो एक्सटेन्डेड वारेन्टी जस्ता आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन्।
पहिलो दिनमै देखिएको सकारात्मक प्रतिक्रिया र उत्साहजनक उपस्थितिले नेपालमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षण र रुचिलाई प्रतिबिम्बित गरेको छ। बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना र आकर्षक एक्सचेन्ज सुविधाका कारण ग्राहकहरू इभीतर्फ आकर्षित भइरहेका छन्।
उत्सवमय वातावरणलाई थप आकर्षक बनाउन कार्निभलमा रोबोटिक शो, किड्स जोन, विभिन्न खेल तथा फुड स्टलहरूको व्यवस्था गरिएको छ, जसले सबै उमेर समूहका आगन्तुकलाई मनोरञ्जनका साथै अन्तरक्रियात्मक अनुभव प्रदान गरिरहेको छ।




























