CG Electronics
IME Life
NIMB

कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ, डिजिटल बैंकिङमा नयाँ उपलब्धि

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । कुमारी बैंक लिमिटेड ले आफ्ना ग्राहकहरूका लागि मास्टरकार्ड सेवा औपचारिक रूपमा सुरु गरेको छ । बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत बैंकले डेबिट मास्टरकार्ड जारी गर्न सुरु गरेको घोषणा गरेको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले कुमारी बैंकले डिजिटल रूपान्तरण र ग्राहकमैत्री सेवामा निरन्तर अग्रसरता लिँदै आएको उल्लेख गर्दै मास्टरकार्डजस्ता विश्वव्यापी भुक्तानी प्रणालीले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने विश्वास व्यक्त गरे ।

यसैगरी, बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्रकारले मास्टरकार्डको महत्व, यसको प्रयोगका सम्भावना तथा ग्राहकलाई पुग्ने फाइदाबारे जानकारी दिँदै यस कार्डले भौतिक तथा डिजिटल दुवै माध्यमबाट सुरक्षित र सहज भुक्तानी गर्न सकिने बताए ।

बैंकका अनुसार यो डेबिट मास्टरकार्ड नेपाल, भारत र भुटानमा रहेका मास्टरकार्ड स्वीकार गर्ने एटीएम तथा पीओएस मेसिनहरूमा प्रयोग गर्न सकिन्छ । साथै, अनलाइन तथा अन्तर्राष्ट्रिय भुक्तानीसमेत यसमार्फत सहज रूपमा गर्न सकिने जानकारी दिइएको छ । बैंकले निकट भविष्यमा मास्टरकार्डको क्रेडिट कार्ड सेवा पनि सुरु गर्ने योजना बनाएको छ ।

यसअघि बैंकले भिसा कार्ड सेवा उपलब्ध गराउँदै आएको भए पनि ग्राहकको माग र आवश्यकतालाई ध्यानमा राख्दै थप विकल्पका रूपमा मास्टरकार्ड सेवा सुरु गरिएको हो । बैंकले हाल नयाँ योजना अन्तर्गत पहिलो वर्षका लागि वार्षिक शुल्क निःशुल्क गरेको छ भने सामान्य अवस्थामा वार्षिक शुल्क ५०० रुपैयाँ रहने जनाएको छ ।

नेपाल राष्ट्र बैंकको नियमअनुसार एक ग्राहकले एउटै बैंकबाट दुईवटा डेबिट कार्ड (भिसा र मास्टरकार्ड) लिन नपाउने भएकाले ग्राहकले यीमध्ये कुनै एक सेवा छनोट गर्नुपर्नेछ ।

विगत २४ वर्षदेखि सेवा दिँदै आएको कुमारी बैंकले देशभर २९७ शाखा, ३१५ एटीएम, ४६ एक्सटेन्सन काउन्टर र ४८ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनमा डिजिटल कारोबारलाई अझ प्राथमिकता दिँदै सरल, सुरक्षित र प्रभावकारी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...