CG Electronics
IME Life
Ncell NPL

निजी क्षेत्रको एकता बलियो बनाउन राजनीतिक सदस्यता त्यागौं : अञ्जन श्रेष्ठ

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उापाध्यक्ष तथा आगामी अध्यक्ष अञ्जन श्रेष्ठ श्रेष्ठले निजी क्षेत्रको एकता मजबुत बनाउन सबै व्यवसायी एकजुट हुनुपर्ने बताएका छन् ।

सोमबार श्रेष्ठ समूहका पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको घोषणा समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय निजी क्षेत्रको एकता कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।
उनले व्यवसायीहरू राजनीतिक दलको सदस्यता लिएर दलगत धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै हिँड्नु नै एकता कमजोर हुनुको प्रमुख कारण रहेको उल्लेख गरे । उनले नेपाल उद्योग वाणिज्य महासंघका सम्पूर्ण कार्यसमिति कुनै पार्टीको सदस्य नरहने भएकाले आगामी कार्यकालमा विधानमा ल्याउने पहल गर्ने बताए ।

उनले भने, ‘निजी क्षेत्रको एकताको लागि एक हुन आवश्यक छ । पछिल्लो पटक हाम्रो एकता कमजोर भएको कारण पार्टीको सदस्यता लिने र आफ्नो दलवादको कुरा गर्दै हिडेको कारण भएको हो । यसलाई रोक्नुपर्छ । विगतमा कति साथीहरुले मान्नुभएन, त्यसैले सकिएन । मेरो प्रस्ताव जिल्ला उद्योग वाणिज्य महासंघका वस्तुगत महासंघका पदाधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका सम्पूर्ण कार्यसमिति कुनै पार्टीको सदस्य नरहने थियो । यो म आगामी कार्यकालमा विधानमा ल्याउने पहल गर्नेछु ।’

उनले निजी क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने प्रस्ताव राख्दै जिल्ला उद्योग वाणिज्य संघ, वस्तुगत महासंघ तथा एफएनसीसीआईका सम्पूर्ण पदाधिकारीहरू कुनैपनि राजनीतिक दलको सदस्य नरहने व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे । उक्त प्रस्तावलाई आगामी कार्यकालमा विधानमै समावेश गर्ने पहल गर्ने उनको भनाइ थियो ।

श्रेष्ठले हालै सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढिरहेको र झण्डै दुईतिहाइ बहुमतसहित जनादेश प्राप्त भएको अवस्थामा देशमा परिवर्तन, हस्तान्तरण, रूपान्तरण र पुस्तान्तरणको चरण सुरु भएको बताए । यस्तो परिवर्तनलाई आत्मसात गर्दै निजी क्षेत्रले पनि आफ्ना कमजोरी सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

उनले भने, ‘निर्वाचन भइसकेको छ । नयाँ सरकार आउने क्रममा छ । झण्डै दुई तीहाईको बहुमत पार्टीलाई जनादेश दिइएको अवस्था छ । परिवर्तन ,हस्तान्तरण, रुपान्तरण र पुस्तान्तरणको हिसाबले परिवर्तन नेपालमा आएको छ । यो परिवर्तनलाई तपाईहामीले आत्मासाथ गर्नुपर्ने परिस्थिति छ । निजी क्षेत्रको पनि हाम्रो केही कमजोरी छ भने सच्चिनुपर्ने अवस्था छ ।’
उनले विगतमा निजी क्षेत्रले सरकार सञ्चालन गर्ने पक्षलाई केवल आलोचना मात्र गर्ने प्रवृत्ति रहेको भन्दै आत्मसमीक्षा आवश्यक भएको बताए ।

उनले भने, ‘हामी पनि सच्चिएर जाऔं । हिजो विगतमा सत्ता सञ्चालन गर्नेलाई निजी क्षेत्रले गाली मात्र गरेको पनि औंल्याएको छ । यो कुरामा मनन पनि गर्नुपर्छ । छातीमा हात राखेर हामी सच्चिनुपर्छ भन्ने मलाई लागेको छ ।’

यसैगरी उनले जिल्ला उद्योग वाणिज्य महासंघ तथा उद्योग वाणिज्य संघहरूको क्षमता अभिवृद्धि, स्रोत व्यवस्थापन र समन्वय सुदृढीकरणमा जोड दिए । प्रदेश सरकार र केन्द्र सरकारसँग सहकार्य गर्दै काम गर्नुपर्ने उल्लेख गर्दै उनले केन्द्रबाटै प्रदेशहरूलाई सक्रिय रूपमा अगाडि बढाउने योजना रहेको जानकारी दिए ।

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...