CG Electronics
Ncell NPL
NIMB

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच पश्चिम एशियामा चर्किएको युद्धका कारण खाडि मुलुकका धेरै तेल प्रशोधन केन्द्रहरुमा बमबारी हुनुका साथै विश्वभर तेल आपुर्ति हुने हर्मुज नाका बन्द भएपछि त्यसको असर विश्वव्यापी रुपमा परिरहेको छ ।

दिल्लीमा १९ केजी तौल क्षमताका व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य १९५.५० भारुबाट बढेर २,०७८ भारु पुगेको छ । त्यस्तै, ५ केजी एफटीएल सिलिन्डरको मूल्य ५१ रुपयेले बढेर ५४९ भारु कायम गरिएको छ । कोलकातामा १९ केजी व्यावसायिक सिलिन्डरको मूल्य २१८ रुपयेले बढेको छ ।

यद्यपि, घरेलु प्रयोगका लागि १४.२ केजी एलपीजी सिलिन्डरको मूल्य भने यथावत् राखिएको छ । दिल्लीमा यसको मूल्य ९१३ भारु कायम छ, जुन पछिल्लोपटक मार्च ७ मा ६० भारुले बढाइएको थियो ।

यसैबीच, आजैदेखि हवाई इन्धनको मूल्य पनि वृद्धि गरिएको छ । दिल्लीमा हवाइ इन्धनको मूल्य प्रतिकिलो लिटर २,०७,३४१. २२ भारु पुगेको छ भने कोलकातामा २,०५,९५३.३३ पैसा कायम गरिएको छ । मुम्बईमा १,९४,९६८ भारु र चेन्नईमा २,१४,५९७ भारु पुगेको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ । यसअघि ८१६ भारु रहेको मूल्य बढेर १,६९० भारु पुगेको छ ।

पश्चिम एसियामा बढ्दो भूराजनीतिक तनाव र कच्चा तेलको मूल्य वृद्धिका कारण इन्धनको मूल्य बढेको बताइएको छ । सरकारका अनुसार देशभर इन्धन आपूर्ति भने सहज रहेको छ र पेट्रोल पम्पहरूमा पर्याप्त भण्डारण उपलब्ध छ । एएनआई

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा: यामाहाको ब्लु कोड नयाँ वर्ष योजना अब एकदिन बाँकी

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा:...

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:५१

काठमाडौं, नेपाल – १७ अप्रिल २०२६ – Yamaha Nepal ले...

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:५७

  काठमाडौं।नेपालको फिनटेक क्षेत्रमा महत्वपूर्ण परिवर्तनको रूपमा सिटी वालेट प्रा....

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर अभिमुखिकरण कार्यक्रम सम्पन्न

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:४०

  बुटवल। निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र...

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३७

  काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन)...

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २००...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३३

  काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले...

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर २०८२’ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२७

  काठमाडौँ । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी...