CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २३ शनिवार

skip this studyinindiaexpo

महिला उद्यमी मेला सरु : स्थानीय उत्पादनदेखि अन्तरराष्ट्रिय बजारसम्मको पहुँच

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नवौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबार (आज) देखि हेरिटेज गार्डेन तलितपुरको सानेपामा सुरु भएको छ। महिला उद्यमी महासंघ, नेपालको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने उक्त मेलाको उद्घाटन उपराष्ट्रपति रामसहाय यादवले गर्नु भयो ।

उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले महिला उद्यमशीलताले व्यक्तिको क्षमता विकाससँगै राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। उहाँले स्थानीय स्रोत र साधनको उपयोगमार्फत रोजगारी सिर्जना तथा आर्थिक आत्मनिर्भरता अभिवृद्धिमा महिला उद्यमीहरूको भूमिका उल्लेखनीय रहेको धारणा राख्नुभयो।

महिला उद्यमी महासंघकी अध्यक्ष दर्शना श्रेष्ठले यो मेला महिला उद्यमीहरूको उत्सव मात्र नभई उनीहरूको उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्‍याउने सेतु भएको बताउनुभयो। उहाँले उत्पादनको गुणस्तर वृद्धि, प्रविधिको प्रयोग, ब्रान्डिङ र बजार विस्तारमा थप सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
उद्घाटन कार्यक्रममा महासंघकी प्रथम उपाध्यक्ष तथा मेला आयोजक समिति संयोजक सुनिता वैद्य श्रेष्ठले मेला आयोजनाको उदेश्य, सहभागी, मेलाले भविष्यमा पार्ने सकारात्मक प्रभावको विषयमा आफ्नो धारणा राख्नु भयो । उद्घाटनको समापनमा महासंघकी द्वितीय उपाध्यक्ष बसन्ती प्रधानले धन्यवाद दिनु भएको थियो ।

मेलामा करिब ३ सय महिला उद्यमीका स्टलहरू रहेका छन्। देशका सबै प्रदेश र जिल्लाबाट महिला उद्यमीहरका हस्तकला, खाद्य परिकार, कपडा, सौन्दर्य सामग्री तथा रैथाने उत्पादनहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन्। महिलाका उत्पादनलाई वर्षभरि नै बजार उपलब्ध गराउने उद्देश्यले स्थायी शोरुम तथा स्टल व्यवस्थापन गर्न सरकारसँग आग्रह गरिएको छ। यो मेलाले भविष्यमा पनि महिलाहरुका उत्पादनलाई बजारिकण गर्न सहयोग पुग्ने मेला संयोजक वैद्य श्रेष्ठले आशा व्यक्त गर्नु भएको छ । करिव २ करोड रुपैयाँको कारोबार हुने अपेक्षा राखिएको छ

मेलाका अवसरमा सर्लाहीकी उद्यमी निर्मला महतो तथा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा लाई सम्मान गरिएको छ।

राजनीतिक श्रेयभन्दा विकासलाई प्राथमिकता दिइएको छ : अर्थमन्त्री वाग्ले

राजनीतिक श्रेयभन्दा विकासलाई प्राथमिकता दिइएको छ :...

वि.सं.२०८३ जेठ २२ शुक्रवार १५:२१

  काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति...

नेपालमा उबरको आधिकारिक सेवा सुरु, काठमाडौंमा बाइक र कार सेवा सञ्चालन

नेपालमा उबरको आधिकारिक सेवा सुरु, काठमाडौंमा बाइक...

वि.सं.२०८३ जेठ २२ शुक्रवार १४:१०

  काठमाडौं । विश्वव्यापी राइड–सेयरिङ प्लेटफर्म उबरले नेपालमा आफ्नो औपचारिक...

बजेटले सिकाइमा सहजीकरण गरेन्, शिक्षक तथा कर्मचारीको तलबमा केन्द्रीत भयो : राजेन्द्र दाहाल

बजेटले सिकाइमा सहजीकरण गरेन्, शिक्षक तथा कर्मचारीको...

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०८:५४

काठमाडौं । वरिष्ठ पत्रकार एवम अध्येता राजेन्द्र दाहालले सरकारले आगामी...

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न ‘ऊर्जा दशक’ र सङ्कटकाल घोषणा गर्न इप्पानको माग

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन...

वि.सं.२०८३ जेठ २१ बिहीवार २३:०१

  काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का...

विद्युत् उपभोक्तामाथि थपिएको ५ प्रतिशत भ्याट तत्काल खारेज गर्न सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघको जोडदार माग

विद्युत् उपभोक्तामाथि थपिएको ५ प्रतिशत भ्याट तत्काल...

वि.सं.२०८३ जेठ २१ बिहीवार २२:५४

  काठमाडौँ — सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ–नेपाल (नेसन–NACEUN) ले...

सेयर खरिद प्रकरणमा २५ प्रतिशत अग्रिम भुक्तानी विना नै करोडौँको कारोबार भएको खुलासा

सेयर खरिद प्रकरणमा २५ प्रतिशत अग्रिम भुक्तानी...

वि.सं.२०८३ जेठ २१ बिहीवार २२:३०

काठमाडौं । भृकुटी स्टक ब्रोकिङ कम्पनीका अध्यक्ष सन्दीप चाचनले सम्पत्ति...