CG Electronics
IME Life
NIMB

उद्योग वाणिज्य महासंघद्वारा ‘इमान’ सम्मानित

NIMB
Himalayan Bank

 

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)लाई सम्मान गरेको छ । २७औँ वार्षिक साधारणसभाको अवसरमा इमानलाई संस्थागत रुपमा महासंघले सम्मान गरेको हो ।

बुधबार काठमाडौंमा आयोजित भव्य समारोहकाबीच महासंघ अध्यक्ष ढकालले इमान अध्यक्ष रोयल आचार्यलाई सम्मान पत्र हस्तान्तरण गरे । सम्मान पत्र हस्तान्तरण गर्दै अध्यक्ष ढकालले आफ्नो कार्यकाल सफल बनाउन मिडियाको तर्फबाट भूमिका खेलेको भन्दै अध्यक्ष आचार्य र इमानलाई धन्यबाद समेत दिए ।

सम्मानपत्र ग्रहण पछि कार्यकाल दमदार रुपमा सम्पन्न गरेकोमा ढकाललाई बधाई दिए । समारोहमा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्षहरु हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, सुरकृष्ण बैद्यसहितले अध्यक्ष आचार्यमार्फत इमानलाई आभार व्यक्त गरेका थिए ।

इमानका कार्यबाहक महासचिव टंक कार्कीले सम्मानले इमानलाई थप हौसला मिलेको बताउदै महासंघ र इमानबीच आगामी दिनमा पनि सहकार्य जारी रहने बताए । कार्यक्रममा सहभागी इमानका कोषाध्यक्ष अमिर लामाले पनि इमानलाई महासंघले गर्दै आएको यस किसिमको सम्मानप्रति आभार व्यक्त गरेका थिए ।

महासंघ अध्यक्ष ढकालको कार्यकाल सकिनु अगाडि आयोजित सम्मान कार्यक्रममा इमानसहित नेपाल पत्रकार महासंघ, आर्थिक पत्रकार समाज, आर्थिक पत्रकार संघसहितका संस्थाहरुलाई संस्थागत सम्मान गरिएको थियो ।

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...