CG Electronics
IME Life
NIMB

एनआईबीएल इक्विटी पार्टनर्सको गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी सम्झौता

NIMB
Himalayan Bank

काठमाडौं । एनआईबीएल इक्विटी पार्टनर्सले गोर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड लगानी लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबन)मा विशेष लगानी कोष (एसआइएफ) को रूपमा दर्ता भएको र एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआईबीएल इक्विटी पार्टनर्सले गुर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड रुपैयाँको इक्विटी लगानी गरेको हो। गुर्खाज हिमालयन हाइड्रो लिमिटेड कोशी प्रदेशको सोलुखुम्बु जिल्लास्थित सोलुदुधकुण्ड नगरपालिकामा निर्माणाधीन ५.८७५ मेगावाट क्षमताको माथिल्लो जुनबेसी खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी हो। आयोजनाबाट वार्षिक करिब ३५.४३ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ, जसमध्ये करिब ३३ प्रतिशत उत्पादन सुक्खायाममा हुनेछ।

आयोजनाले ५.८७५ मेगावाटको सम्पूर्ण विद्युत् बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता पीपीए गरिसकेको छ। उत्पादित विद्युतलाई ३३ केभी प्रसारण लाइनमार्फत तिङ्गला सबस्टेशनमा जोडिने छ।

एनआईबीएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले भन्नुभयो, “यो लगानी हाम्रो पोर्टफोलियोमा एउटा महत्त्वपूर्ण उपलब्धि हो। यसले साना आकारका जलविद्युत र स्वच्छ ऊर्जाका क्षेत्रमा लगानी गर्ने हाम्रो रणनीतिक लक्ष्यलाई फेरि एकपटक प्रस्ट पारेको छ। यस्ता आयोजनाले स्थानीय ऊर्जा सुरक्षा र आर्थिक विकासमा ठूलो टेवा पुऱ्याउने हाम्रो दृढ विश्वास छ।” “माथिल्लो जुनबेसी खोला आयोजनाको यो निकै महत्त्वपूर्ण चरणमा एनआईबिएल इक्विटी पार्टनर्ससँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ।

यो साझेदारीले आयोजनाको निर्माण कार्यलाई अझै गति दिनेछ र यसलाई समयमै सम्पन्न गर्न मद्दत पुऱ्याउनेछ।” गोर्खाज हिमालयन हाइड्रो लिमिटेडका प्रबन्ध निर्देशक सन्तोष भट्टराईले भन्नुभयो, “हाम्रो यो सहकार्यले दुर्गम क्षेत्रमा भरपर्दो विद्युत आपूर्ति बढाउनुका साथै दिगो र स्वच्छ ऊर्जातर्फको नेपालको दीर्घकालीन सोचलाई साकार पार्न सहयोग पुग्ने विश्वास लिएका छौँ।” आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। यस आयोजनाबाट सन् २०२७ अगस्टदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।

एनआईबीएल इक्विटी पार्टनर्सको बारेमा
एनआईबीएल इक्विटी पार्टनर्स, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी एनआईएमबी एस क्यापिटलको प्राइभेट इक्विटी पहल हो। एनआईएमबी एस क्यापिटल देशकै ठूलो र सक्रिय बैंकिङ एवं पूँजी बजार संस्थाहरूमध्ये एक मानिन्छ।

यस कोषको लगानी गर्ने शैलीमा दुई प्रतिष्ठित संस्थाहरूको अनुभव र नवीन सोचको फ्युजन (मिश्रण) देखिन्छ। एनआईबीएल इक्विटी पार्टनर्सले नेपालका उच्च सम्भावना बोकेका र द्रुत गतिमा विस्तार भइरहेका कम्पनीहरूलाई पुँजी उपलब्ध गराउँदै आएको छ। यसले कम्पनीहरूलाई व्यावसायिक कुशलता, दिगो मूल्य अभिवृद्धि र एक-अर्कामा सहयोगी हुने व्यावसायिक वातावरण (इकोसिस्टम) निर्माण गर्न समेत मार्गदर्शन गर्दछ।

गोर्खाज हिमालयन हाइड्रो लिमिटेडको बारेमा
गोर्खाज हिमालयन हाइड्रो लिमिटेड सोलुखुम्बुमा निर्माणाधीन ‘माथिल्लो जुनबेसी खोला जलविद्युत आयोजना’ को विकासकर्ता कम्पनी हो। यस कम्पनीको नेतृत्व जलविद्युत क्षेत्रका अनुभवी प्राविधिक विज्ञहरूले गरिरहेका छन्, जोसँग जलविद्युत आयोजनाको निर्माण र परामर्श सेवामा लामो अनुभव रहेको छ।

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...