नेप्से र टाइम फर्मास्युटिकल्सबीच सम्झौता
Thursday Apr 09, 2026
वि.सं.२०८२ चैत २६ बिहीवार २२:०७
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र टाइम फर्मास्युटिकल्स लिमिटेड बीच शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्न सम्झौता भएको छ।
टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिमार्फत साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ। सो प्रक्रिया अन्तर्गत योग्य संस्थागत लगानीकर्ताहरूबाट शिलबन्दी बोलपत्र संकलन, खोल्ने तथा मूल्य निर्धारण लगायतका कार्यमा नेप्सेले सहजिकरण गर्नेछ।
सम्झौतामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाई र कम्पनीका प्रबन्ध सञ्चालक सुदर्शन लाल श्रेष्ठ ले हस्ताक्षर गरेका छन्।
कम्पनीले रु. १० करोड ८६ लाख ५० हजार बराबरको १० लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्नेछ। जसमा ४० प्रतिशत शेयर संस्थागत लगानीकर्ताका लागि र ६० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ।
शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रु. ५३ करोड पुग्नेछ। टाइम फर्मास्युटिकल्सले विगत ३० वर्षदेखि औषधि उत्पादन गर्दै आएको छ र हाल ३०० भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको छ।




























