एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा उपचारमा छुट
Thursday Apr 23, 2026
वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:३७
काठमाडौं। एन आई सी एशिया बैंक का ग्राहकहरूले अब काठमाडौंको एभरेष्ट हस्पिटल मा उपचार गर्दा विभिन्न सेवामा आकर्षक छुट पाउने भएका छन्।
बैंक र एभरेष्ट हस्पिटलबीच ग्राहकहरूलाई विशेष सहुलियत प्रदान गर्ने उद्देश्यले समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको हो। उक्त सम्झौतामा बैंकका चिफ ट्रान्जेक्सन बैंकिङ्ग नरेन्द्र मैनाली र हस्पिटलका प्रशासन प्रमुख दिपक चन्द्र बरालले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार, बैंकका ग्राहकहरूले नयाँ बानेश्वरस्थित हस्पिटलमा उपलब्ध सेवाहरू (आउटसोर्स सेवा, डाक्टर परामर्श र एम्बुलेन्स शुल्क बाहेक) डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन्। साथै, अपरेसन सेवामा ५ प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।
यस सहुलियतको लाभ लिन ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
बैंकले यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य सेवामा राहत पुग्नुका साथै डिजिटल भुक्तानी प्रणालीको विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।




























