इनड्राइभद्वारा उत्कृष्ट चालक साझेदारलाई ईभी क्याब र ई–स्कुटर वितरण
Friday Apr 24, 2026
वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:०५
काठमाडौं। inDrive ले ‘प्लाटिनम ड्राइभर गिभअवे’ अभियानअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने चालक साझेदारहरूलाई विशेष समारोहबीच ग्रान्ड पुरस्कार प्रदान गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा विजेताहरूलाई विद्युतीय क्याब र ई–स्कुटर हस्तान्तरण गरिएको हो।
कम्पनीका अनुसार सन् २०२६ मार्च २ देखि २९ सम्म सञ्चालन गरिएको चार हप्ते अभियान चालकहरूको सेवा गुणस्तर, यात्रु सन्तुष्टि र निरन्तर ‘प्लाटिनम’ स्तर कायम राख्ने क्षमताका आधारमा केन्द्रित थियो। अभियानले उत्कृष्ट तथा प्रतिबद्ध चालक साझेदारहरूलाई पहिचान र सम्मान गर्ने लक्ष्य लिएको थियो।
यसअन्तर्गत क्याब चालकतर्फ पेषल बुढाथोकीले Tata Xpress-T EV जितेका छन्। यस्तै, बाइक/मोटो चालक वर्गतर्फ साम्देन तामाङ (कुन्द सर) र सरोज खतिवडाले Yadea Velax प्राप्त गरेका छन्। यी विजेताहरू सम्पूर्ण मापदण्ड पूरा गर्दै निरन्तर उत्कृष्ट प्रदर्शनका आधारमा छनोट गरिएको कम्पनीले जनाएको छ।
ग्रान्ड पुरस्कारसँगै अभियानमा सहभागी अन्य चालकहरूलाई पनि साप्ताहिक रूपमा विभिन्न पुरस्कार वितरण गरिएको थियो। जसअन्तर्गत केहीलाई ग्याजेट, डिजिटल भौचर तथा स्टेकेशन प्याकेज प्रदान गरिएको जानकारी दिइएको छ।
विजेता चालकहरूले यस्तो सम्मानले आफ्नो पेशागत उत्साह बढाएको र सेवा अझ सुधार गर्न प्रेरणा मिलेको बताएका छन्। क्याब चालक विजेता बुढाथोकीले यस उपलब्धिलाई ठूलो अवसरका रूपमा लिँदै आगामी दिनमा यात्रु सेवा अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा Sunita Jimi Rai ले चालक साझेदारहरू नै कम्पनीको सफलता पछाडिको मुख्य शक्ति भएको उल्लेख गर्दै यस्ता अभियानले उनीहरूको आयआर्जन र मनोबल दुवैमा सकारात्मक प्रभाव पार्ने बताइन्।
साथै, कम्पनीले बढ्दो सञ्चालन खर्चलाई ध्यानमा राख्दै २०२६ अप्रिल १५ देखि लागू हुनेगरी २७ लाख रुपैयाँ बराबरको इन्धन सहयोग कार्यक्रम पनि सञ्चालनमा ल्याएको जनाएको छ। उक्त सहयोग सक्रियता र कार्यसम्पादनका आधारमा वितरण गरिनेछ।
इनड्राइभले चालक साझेदारलाई केवल प्रयोगकर्ता नभई समुदायको आधारस्तम्भका रूपमा लिँदै निष्पक्ष र स्वतन्त्र रोजाइमा आधारित सेवा विस्तारमा जोड दिने प्रतिबद्धता दोहोर्याएको छ।




























