CG Electronics
IME Life
Ncell NPL

सिटिजन लाइफले गर्‍यो नवनिर्वाचित सांसद ‘सिटिजन लिडर्स’लाई सम्मान, बीमा क्षेत्र सुधारमा सहकार्यको प्रतिबद्धता

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रतिनिधि सभा निर्वाचन २०८२ मा निर्वाचित भएका आफ्ना “सिटिजन लिडर्स” लाई बधाई तथा शुभकामना व्यक्त गर्ने उद्देश्यले शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

हिजो कम्पनीको केन्द्रीय कार्यालय, थापाथलीमा आयाेजित उक्त कार्यक्रममा सिटिजन लाइफसँग आबद्ध रही प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने माननीय सांसदहरू भक्तपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका माननीय रुकेश रञ्जित, समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रमिला कुलुजुलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।

 

कार्यक्रममा करिब ६० जना अभिकर्ता, शाखा कर्मचारी तथा कम्पनीका उच्च व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो। सहभागीहरूले सांसदहरूलाई खादा, पुष्पगुच्छा तथा सम्मानपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमिला कुलुजुले सिटिजन लाइफसँगको आफ्नो यात्राले व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सशक्त टिम निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले यही अनुभव र सिकाइले आफूलाई आजको उपलब्धिसम्म पुग्न मार्गदर्शन गरेको उल्लेख गर्दै कम्पनी परिवारप्रति आभार व्यक्त गरे ।

 

त्यसैगरी, रुकेश रञ्जितले सिटिजन लाइफ परिवारप्रति धन्यवाद व्यक्त गर्दै बिमा क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरू, कर प्रणाली (ट्याक्स ब्र्याकेट) लगायतका विषयलाई संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले नव–निर्वाचित सांसदहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनीहरुको योगदानले समग्र बिमा क्षेत्रको विकास तथा सकारात्मक नीतिगत सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हामीले अभिकर्तालाई सुरुदेखि नै ‘सिटिजन लिडर्स’ भनेर सम्बोधन गर्दै आएका थियौं, आज उहाँहरू माननीय बन्नुहुँदा ‘लिडर’ शब्दले वास्तविक अर्थमा न्याय पाएको महसुस भएको छ।’

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सामाजिक योगदानलाई सधैं प्राथमिकतामा राख्दै आएको छ। कम्पनीले यस्ता उपलब्धिहरूले समग्र बीमा क्षेत्रको विकास र विस्तारमा सहयोग पुग्नुका साथै भावी पुस्तालाई यस क्षेत्रमा रहेका असीमित सम्भावनाहरू पहिचान गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

कृषि विकास बैंक र सम्सारा रेमिट बीच सम्झौता

कृषि विकास बैंक र सम्सारा रेमिट बीच...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:३३

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र सम्सारा रेमिट प्रा....

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायणकुमार भट्टराई नियुक्त

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायणकुमार भट्टराई नियुक्त

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:३०

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

प्रभु महालक्ष्मी लाइफद्वारा अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

प्रभु महालक्ष्मी लाइफद्वारा अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:२८

  काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ता लिडरहरूको...

जुम्लामा मेटलाइफको सेवा विस्तार: नयाँ एजेन्सी कार्यालय उद्घाटन, बीमा पहुँच र वित्तीय साक्षरता अभिवृद्धिमा जोड

जुम्लामा मेटलाइफको सेवा विस्तार: नयाँ एजेन्सी कार्यालय...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:१७

  काठमाडौं। मेटलाइफ नेपालले जुम्लामा आफ्नो नयाँ एजेन्सी कार्यालयको औपचारिक...

बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव: देशभरका शाखाहरूमा सामाजिक अभियानहरू संचालन

बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव:...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:०२

  काठमाडौं, नेपाल – २६ अप्रिल, २०२६ – बतास अर्गनाइजेशन...

बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर र ६ गिजरको सफलतापछि अब ३ शक्तिशाली ‘कमर्सियल’ जायन्ट सार्वजनिक

बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर...

वि.सं.२०८३ वैशाख १३ आइतवार १५:१४

काठमाडौं, नेपाल – २२ अप्रिल २०२६ नेपाली उपभोक्ताको मन जित्न...