CG Electronics
IME Life
NIMB

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता र उत्कृष्ट कार्यसम्पादनसहित आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन “जीटी ८ प्रो सिरिज” नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले बैशाख १३ देखि यो सिरिज औपचारिक रूपमा उपलब्ध गराएको जनाएको छ।

नयाँ स्मार्टफोनको मुख्य आकर्षण २०० मेगापिक्सेलको अल्ट्रा–लाइट पेरिस्कोप टेलिफोटो क्यामेरा रहेको छ, जसले टाढाबाट पनि उच्च गुणस्तरका तस्बिर खिच्न सक्ने क्षमता प्रदान गर्ने बताइएको छ। साथै, ८के र ४के भिडियो रेकर्डिङ सुविधाले प्रयोगकर्तालाई सिनेम्याटिक भिडियो खिच्न सहज बनाउनेछ। रिकोह जीआर इमेजिङ प्रणालीले विभिन्न प्रकाश अवस्थाहरूमा पनि स्पष्ट र प्राकृतिक फोटो खिच्न सहयोग गर्ने कम्पनीको दाबी छ।

कार्यसम्पादनतर्फ, फोनमा स्न्यापड्रागन ८ एलिट जेन ५ फ्ल्यागशिप प्रोसेसर र हाइपर भिजन प्लस एआई चिप समावेश गरिएको छ। यसले गेमिङ, मल्टिटास्किङ तथा कन्टेन्ट क्रिएसनका क्रममा उच्च प्रदर्शन र ऊर्जा दक्षता प्रदान गर्ने अपेक्षा गरिएको छ।

ब्याट्रीतर्फ ७००० mAh क्षमताको टाइटन ब्याट्री राखिएको छ, जसले लामो समयसम्म निरन्तर प्रयोग गर्न मिल्नेछ। १२० वाट सुपरभोक फास्ट चार्जिङ र ५० वाट वायरलेस चार्जिङ सुविधाले छोटो समयमा चार्ज गर्न सकिने व्यवस्था गरेको छ।

यस स्मार्टफोनमा १४४ हर्ज रिफ्रेस रेटसहितको २के अल्ट्रा–ब्राइट डिस्प्ले दिइएको छ, जसको ब्राइटनेस ७००० निट्ससम्म पुग्ने बताइएको छ। यसले बाहिरी उज्यालोमा पनि स्पष्ट दृश्यता दिने कम्पनीले जनाएको छ।

नेपाली बजारमा जीटी ८ प्रो सिरिज १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध रहेको छ। ‘विन्ड मुभ्स ह्वाइट’ भेरियन्टको मूल्य १ लाख ४९ हजार ९९९ रुपैयाँ र ‘एस्टन मार्टिन ग्रिन’ भेरियन्टको मूल्य १ लाख ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ। साथै, कम्पनीले ० प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ।

यो सिरिज सार्वजनिकसँगै Realme ले नेपाली उपभोक्तालाई प्रतिस्पर्धी मूल्यमा प्रिमियम प्रविधि उपलब्ध गराउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...