CG Electronics
IME Life
NIMB

रिलायन्स स्पिनिङ्ग मिल्सको नाफामा उल्लेखनीय गिरावट, उत्पादन लागत र ऊर्जा संकट बढ्दा आम्दानीमा सामान्य वृद्धि मात्र

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपालको सबैभन्दा ठूलो धागो उत्पादक कम्पनी रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणले कम्पनीको आम्दानीमा सामान्य वृद्धि भए पनि नाफामा उल्लेखनीय गिरावट आएको देखाएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले ७ अर्ब ४६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ७ अर्ब ३९ करोड रुपैयाँको तुलनामा झिनो वृद्धि हो । तर, उत्पादन लागत बढ्दै ६ अर्ब ५१ करोड रुपैयाँ पुगेपछि यसको प्रत्यक्ष असर नाफामा परेको छ ।

कम्पनीको खुद नाफा १७.७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको चैतसम्म ३२ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु वर्षको सोही अवधिमा २६ करोड ६८ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ । त्यस्तै, कुल मुनाफा पनि १ अर्ब २ करोड रुपैयाँबाट घटेर ९४ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ ।

कम्पनीले ऊर्जा संकटलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ। नेपाल विद्युत प्राधिकरणबाट भइरहेको अघोषित लोडसेडिङका कारण उत्पादन प्रभावित भइरहेको जनाएको छ । साथै, डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुलसम्बन्धी विवाद पाटन उच्च अदालतमा विचाराधीन रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नीतिगत परिवर्तन र अमेरिकी डलरको विनिमय दरमा हुने उतारचढावले कच्चा पदार्थको मूल्यमा असर पारेको कम्पनीले जनाएको छ । २२ करोड १० लाख रुपैयाँ वित्तीय खर्चले पनि नाफामा थप दबाब सिर्जना गरेको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने ७ अर्ब ५५ करोड रुपैयाँ जगेडा कोषसहित वित्तीय अवस्था सन्तोषजनक रहेको देखिन्छ ।

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना सम्पन्न

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना...

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

  काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु...

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५३

  काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५१

  पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...