IME Life
NIMB

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ : को को छन नयाँ कार्यसमितीमा ?

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नेतृत्वमा नयाँ कार्यकारिणी चयन भएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष पदमा पदोन्नति भएका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार उनको कार्यकाल औपचारिक रूपमा सुरु भएको हो ।

महासंघको ६०औं वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रियापछि मंगलबार सम्पन्न मतदानको मतगणना बुधबार दिउँसो सकिएको छ । त्यसबाट विभिन्न समूहअन्तर्गत उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको छ ।

जिल्ला तथा नगरतर्फ दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ विजयी भएका छन् । शर्माले ८७ मत प्राप्त गर्दा श्रेष्ठले ८० मत ल्याएर सफलता हासिल गरेका हुन् ।

त्यसैगरी, वस्तुगत संघतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले ६३ मत प्राप्त गर्दै प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई पराजित गरेका हुन्, जसले ६० मत पाएका थिए ।

एसोसिएटतर्फको उपाध्यक्ष पदमा लोमस फर्मास्युटिकल्सका प्रबलजंग पाण्डे विजयी भएका छन् । उनले मेरिगोल्ड ज्वेलर्सकी ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै उक्त पदमा स्थान सुरक्षित गरेका हुन् ।

नयाँ नेतृत्वसँगै महासंघले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आर्थिक गतिविधि सुदृढ गर्ने, उद्योग–व्यापारमैत्री वातावरण निर्माण गर्ने र नीतिगत संवादलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...