IME Life
NIMB

महासंघ निर्वाचन : एसोसियटतर्फ सचिन ढकाल सर्वाधिक मतसहित विजयी

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को ६०औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा एसोसियट सदस्यतर्फ सचिन ढकाल सर्वाधिक मतसहित विजयी भएका छन्।

केही बेरअघि सम्पन्न मतगणनाअनुसार सर्वाधिक मत ल्याउने १७ जना उम्मेदवारहरू विजयी भएका हुन्। जसअनुसार सचिन ढकाल (१३१८ मत), हेमन्त गोल्छा (१२०२), अम्बिका प्रसाद पौडेल (११८३) र उज्ज्वल कुमार श्रेष्ठ (११४६) शीर्ष स्थानमा रहे।

त्यसैगरी शक्ति कुमार बेगानी, ऋषि अग्रवाल, राजेश कुमार अग्रवाल, सुयस प्याकुरेल, सुशील थापा, रामशरण भण्डारी, बाबु काजी कार्की, दिवश न्यौपाने, प्रियराज रेग्मी, ईश्वर बहादुर जि.सी., सुरज उप्रेती, कृष्ण लाल महर्जन र बटु लामिछाने पनि विजयी भएका छन्।

यसैबीच एसोसियट उपाध्यक्ष पदका लागि प्रबलजंग पाण्डे र ज्योत्स्ना श्रेष्ठ बीच प्रतिस्पर्धा जारी रहेको छ।यसअघि महासंघको जिल्ला/नगर उपाध्यक्षतर्फ कृष्णप्रसाद शर्मा (८७ मत) र दिलसुन्दर श्रेष्ठ (८० मत) विजयी भएका थिए भने वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भइसकेका छन्।

वस्तुगत सदस्यतर्फ अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होम प्रसाद घिमिरे विजयी भएका छन्।

यस्तै केही उम्मेदवारहरू सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउने बीच ५०–५० मतसहित बराबरी देखिएको छ। जिल्ला/नगर खुल्ला सदस्यतर्फ अर्जुन कुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, तारा बहादुर कार्की, दिपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मण राज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरि प्रसाद अर्याल विजयी भएका छन्।

त्यस्तै जिल्ला/नगरतर्फ सदस्यमा गीता अमात्य र हीरा भट्टराई विजयी हुँदा द्विराष्ट्रिय सदस्यमा मनोज पौडेल निर्वाचित भएका छन्। वस्तुगत महासंघतर्फ सुनयना घिमिरे र विश्वनाथ खनाल विजयी भएका छन्।महासंघको नयाँ नेतृत्व चयनसँगै निजी क्षेत्रको प्रतिनिधित्व गर्ने यो संस्थामा आगामी कार्यदिशा कस्तो रहने भन्नेमा चासो बढेको छ।

विजयी १७ जनाको मत परिणाम यस्तो छ

१. सचिन ढकाल – १३१८ मत
२. हेमन्त गोल्छा – १२०२ मत
३. अम्बिका प्रसाद पौडेल – ११८३ मत
४. उज्ज्वल कुमार श्रेष्ठ – ११४६ मत
५. शक्ति कुमार बेगानी – ११४२ मत
६. ऋषि अग्रवाल – ११२२ मत
७. राजेश कुमार अग्रवाल – १०८२ मत
८. सुयस प्याकुरेल – १०६९ मत
९. सुशील थापा – १०५४ मत
१०. रामशरण भण्डारी – १०४३ मत
११. बाबु काजी कार्की – १००६ मत
१२. दिवश न्यौपाने – ९९१ मत
१३. प्रियराज रेग्मी – ९५४ मत
१४. इश्वर बहादुर जि.सी. – ९४५ मत
१५. सुरज उप्रेती – ९०७ मत
१६. कृष्ण लाल महर्जन – ८७४ मत
१७. बटु लामिछाने – ८६० मत

 

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...