CG Electronics
IME Life
Ncell NPL

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न किसिमका उतारचढाव र संक्रमणबाट गुज्रिरहेको छ । विभिन्नखाले हस्तक्षेपका कारण संस्थाले लामो समयदेखि आर्थिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विश्वासको संकटको सामाना गर्नु परिरहेको छ ।

नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा सोसाइटीका तदर्थ समिति अध्यक्ष बिनोदकुमार शर्माले विगत सात÷आठ वर्षदेखि संस्थाले संक्रमणकालमा रहेकाले आर्थिक, संस्थागत तथा अन्तर्राष्ट्रिय विश्वासको संकटको सामना गर्नुपरेको बताएका हुन् । अध्यक्ष शर्माका अनुसार रेडक्रसको स्वाधीनता र सरकारको हस्तक्षेपबीच सन्तुलन कायम हुन नसक्दा संस्था कमजोर बन्दै गएको हो ।

‘रेडक्रस स्वतन्त्र र स्वाधीन मानवीय संस्था भएपनि स्वयंसेवक र नेतृत्व तहकै कमजोरीका कारण सरकारी हस्तक्षेपको वातावरण सिर्जना भएको हो,’ उनले भने ‘हामी आफैं स्वतन्त्र छौँ, स्वाधीन छौँ, हामीले गर्न सक्छौँ भन्ने क्षमता हुँदाहुँदै सरकारलाई हस्तक्षेपको वातावरण दियौँ । यसमा सरकार पनि दोषी छ र हाम्रा स्वयंसेवकहरू पनि दोषी छन् ।’

उनले रेडक्रस नेपालको संविधान, कानुन र नियम पालना गर्ने स्पष्ट पार्दै प्रत्यक्ष सरकारी नियन्त्रण भने स्वीकार गर्न नसकिने बताए । रेडक्रसका सात सिद्धान्तमध्ये स्वतन्त्रता, स्वाधीनता, निष्पक्षता र मानवता मुख्य आधार भएकाले ती सिद्धान्त कमजोर हुँदा संस्थाले पीडा भोग्नुपरेको उनको भनाइ छ ।

अध्यक्ष शर्माले अन्तर्राष्ट्रिय महासंघले नेपाल रेडक्रसको ‘इन्टिग्रिटी’ अर्थात् नैतिकता र राजनीतिक संलग्नतामाथि प्रश्न उठाएको जानकारी दिए । उनका अनुसार पाँच स्वयंसेवकमाथि प्रतिबन्ध लगाइएको छ भने अन्तर्राष्ट्रिय महासंघको अनुपालन तथा मध्यस्थ समितिले नेपाल रेडक्रसलाईनै प्रतिबन्ध लगाउने विषयमा सिफारिस गरिरहेको अवस्था छ ।

यसको प्रत्यक्ष असर संस्थाको आर्थिक अवस्थामाथि परेको उनले बताए । महासंघबाट प्राप्त हुने व्यवस्थापन खर्च बन्द भएको, खरिद प्रक्रिया रोकिएको तथा विभिन्न परियोजनाबाट आउने सहयोग अवरुद्ध हुँदा कर्मचारीलाई नियमित तलब खुवाउनसमेत समस्या भएको उनको भनाइ छ ।

‘कर्मचारीलाई तलब खुवाउनका लागि विपद् व्यवस्थापनलगायत शीर्षकमा राखिएका मुद्दती खातासमेत प्रयोग गर्नुपर्ने अवस्था छ,’ उनले भने । यद्यपि नयाँ सरकारप्रति आफू आशावादी रहेको शर्माले बताए । सरकारले सहयोगी वातावरण निर्माण गरे रेडक्रसले अझ प्रभावकारी ढंगले काम गर्न सक्ने उनको विश्वास छ । रक्तसञ्चार, एम्बुलेन्स सेवा, विपद् व्यवस्थापन तथा सामुदायिक सेवामा रेडक्रसले सरकारसँग सहकार्य गर्दै आएको उनले उल्लेख गरे ।

रेडक्रस कसरी फस्यो संक्रमणमा ?

रेडक्रस सात–आठ वर्षदेखि लामो संक्रमणकालमा फस्नुको मुख्य कारण राजनीतिक दललगायत सरकारको हस्तक्षेप, विधान निर्माणमा देखिएको विवाद र निर्वाचन प्रक्रिया पटक–पटक अवरुद्ध हुनु रहेको बताइएको छ ।

शर्माले नेतृत्व संकट र संरचनागत अन्योलका कारण रेडक्रस कमजोर अवस्थामा पुगेको बताएका हुन् । उनका अनुसार नयाँ विधान बनाएर निर्वाचनमार्फत नेतृत्व चयन गर्ने प्रयास धेरैपटक भएपनि प्रक्रिया सफल हुन सकेन । ‘नेपाल सरकारले पनि धेरैपटक पहल गर्यो, विभिन्न तदर्थ समितिहरू बने, तर विधान निर्माण र निर्वाचन प्रक्रिया निष्कर्षमा पुग्न सकेन,’ उनले भने ।

रेडक्रसको संक्रमणकाल लम्बिनुको अर्को प्रमुख कारण अदालतमा परेको मुद्दा पनि रहेको उनले बताए । २०८२ साल साउन ९ गते आफ्नो नेतृत्वमा तदर्थ समिति गठन भएपछि एक महिनाभित्र विधान निर्माण गरेर अधिवेशनमार्फत निर्वाचनमा जाने योजना बनाइएको थियो । प्रदेशस्तरीय छलफल र केन्द्रीय अधिवेशनको मिति समेत तय गरिसकिएको अवस्थामा सर्वोच्च अदालतमा मुद्दा परेपछि प्रक्रिया रोकिएको उनले जानकारी दिए ।

उनका अनुसार अदालतको आदेशपछि करिब चार महिना प्रक्रिया ठप्प बन्यो । त्यही अवधिमा देशमा भएको आन्दोलनका कारण सर्वोच्च अदालतको कामसमेत प्रभावित हुँदा रेडक्रसको आन्तरिक प्रक्रिया थप अन्योलमा परेको थियो । शर्माले रेडक्रस स्वतन्त्र संस्था भएपनि सरकारी हस्तक्षेप बढ्दै जाँदा संस्थागत संरचना कमजोर बनेको स्वीकार गरे । ‘अहिलेको अवस्था सिर्जना हुनुमा सरकारी हस्तक्षेपको पनि ठूलो भूमिका छ,’ उनले भने, ‘त्यसले रेडक्रसलाई शिथिल बनाउँदै लग्यो ।’

उनले स्वयंसेवक र शाखास्तरका कार्यसमितिले सेवा कार्य निरन्तर चलाइरहे पनि नेतृत्व तहमा स्थायित्व नहुँदा नीति निर्माण, स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय सहयोगमा असर परेको बताए ।

लामो समय निर्वाचन हुन नसक्दा दलगत प्रभाव र राजनीतिक हस्तक्षेपको चर्चा पनि भइरहेका बेला अध्यक्ष शर्माले प्रत्यक्ष रूपमा त्यसलाई नकारेनन् । उनले सरकार र विभिन्न शक्तिकेन्द्रको प्रभावका कारण संस्थाले स्वतन्त्र रूपमा निर्णय लिन कठिनाइ भोगेको संकेत गरे ।

संघीय संरचनाअनुसार रेडक्रसको विधान संशोधन गरिएको उनले बताए । नयाँ संरचनाअनुसार पालिका, जिल्ला, प्रदेश र संघ गरी चार तहमा निर्वाचन हुने व्यवस्था गरिएको थियो । पालिका तहबाट निर्वाचन प्रक्रिया सुरुपनि भइसकेको थियो, क्रमशः जिल्ला, प्रदेश हुँदै केन्द्रीय नेतृत्व चयन गरिने उनले जानकारी दिएका थिए । यद्यपी, गत सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले रेडक्रसको निर्वाचन प्रक्रिया स्थगित गर्न सूचना जारी गरेपछि निर्वाचन प्रक्रिया फेरी अवरुद्ध बनेको हो ।

यद्यपि, लामो संक्रमणकालका बीच पनि रेडक्रसका आधारभूत सेवा भने नरोकिएको अध्यक्ष शर्माको दाबी छ । रक्तसञ्चार सेवा, एम्बुलेन्स सञ्चालन, विपद् व्यवस्थापन तथा उद्धार कार्यमा स्वयंसेवक र स्थानीय शाखाहरू सक्रिय रहेको उनले बताए ।
प्रशासनले निर्वाचन रोक्नुका पछाडि संस्थागत सुधार र शुद्धीकरणको आवश्यकतालाई औंल्याएको छ । पत्रमा भनिएको छ, ‘नेपाल रेडक्रस जस्तो पवित्र संस्थामा वर्षौंदेखि देखिएका अमर्यादित गतिविधिहरू निर्मूल गर्न र संस्थाको रूपान्तरण सुनिश्चित गर्न जरुरी देखिएको छ ।’

अध्यक्ष शर्माका अनुसार संस्थामा नेतृत्व संकट गहिरिदा संस्था संकटमा रहेको बताए । ‘बाढी, पहिरो वा अन्य विपद्का बेला रेडक्रसका स्वयंसेवकहरू निरन्तर खटिरहेका छन,’ उनले भने,‘तर नेतृत्व संकटका कारण नीतिगत र आर्थिक पक्षमा असर परेको सत्य हो ।’

यसवर्षको नारा : ‘मानवताका लागि एकबद्ध होऔँ’

विश्व रेडक्रस दिवसको तयारीबारे जानकारी दिँदै अध्यक्ष शर्माले यस वर्षका लागि रेडक्रस दिवसको नारा ‘मानवताका लागि एकबद्ध होऔँ’ रहेको बताए । विश्वभर युद्ध, द्वन्द्व र विपद्का बीच मानवताका सेवकहरूमाथि आक्रमण बढिरहेको उल्लेख गर्दै उनले स्वयंसेवकहरूको सुरक्षा र सम्मानमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।

रक्तसञ्चार सेवामा बेला–बेला हुने अभावबारे उनले अधिकांश अवस्थामा कृत्रिम मागका कारण समस्या देखिने गरेको दाबी गरे । दैनिक रूपमा देशभर रक्तदान कार्यक्रम सञ्चालन भइरहेका तथा सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको रगत व्यवस्थापनमा रेडक्रस सक्रिय रहेको उनले बताए ।

भविष्यका योजनाबारे अध्यक्ष शर्माले समाजको आवश्यकता अनुसार कार्यक्रम तय गरिने बताए । खानेपानी, विपद्पछिको पुनःस्थापना, सुरक्षित बसोबास तथा सामुदायिक सेवाजस्ता क्षेत्रमा रेडक्रसले निरन्तर काम गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि मानवीय आवश्यकताअनुसार नयाँ कार्यक्रम ल्याइने बताए ।

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको शपथ, नयाँ कार्यसमितिले पनि गर्यो सपथ ग्रहण

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित...

संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह

संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई...

वि.सं.२०८३ वैशाख २४ बिहीवार ०९:३९

  काठमाडौं । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी...

सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन मातहत निकायलाई शिक्षामन्त्री पोखरेलको निर्देशन

सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन मातहत निकायलाई शिक्षामन्त्री...

वि.सं.२०८३ वैशाख २४ बिहीवार ०९:३५

  काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले...

डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन

डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन

वि.सं.२०८३ वैशाख २४ बिहीवार ०९:२३

  रामेछाप । वर्षाका कारण बगाएको डाइभर्सन मर्मतपछि बिपी राजमार्गमा...

मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा

मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम...

वि.सं.२०८३ वैशाख २४ बिहीवार ०९:१६

काठमाडौं । मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद्...