CG Electronics
IME Life
NIMB

नेपाललाई दक्षिण एसियाको डिजिटल हब बनाउने लक्ष्यसहित नयाँ परियोजना

NIMB
Himalayan Bank

 

काठमाडौं, नेपाल — नेपालको डिजिटल पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्यसहित ‘बिचुटेन डाटा भोल्ट’ (Bichuten Data Vault – BDV) ले नेपालको पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ। कम्पनीले यस परियोजनामार्फत नेपाललाई दक्षिण एसियाकै विश्वसनीय डिजिटल हबका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।

नेपाली उद्यमी नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया तथा शरद गोयलको नेतृत्वमा रहेको कम्पनीले नेपालको डिजिटल सार्वभौमिकता र सुरक्षित भविष्य निर्माणमा योगदान पुर्‍याउने बताएको छ।

कम्पनीका अनुसार निर्माण हुने डाटा सेन्टर नेपालकै पहिलो टियर IV प्रमाणित पूर्वाधार हुनेछ, जसले ९९.९९५ प्रतिशत ‘अपटाइम’ सुनिश्चित गर्नेछ। यस स्तरको पूर्वाधारमा वर्षभरिमा २६ मिनेटभन्दा कम प्राविधिक अवरोध हुने अपेक्षा गरिएको छ, जसले बैंकिङ, दूरसञ्चार तथा संवेदनशील सरकारी सेवाका लागि उच्च विश्वसनीयता प्रदान गर्ने कम्पनीको दाबी छ।

परियोजना काठमाडौं र वीरगञ्ज गरी दुई रणनीतिक स्थानमा विस्तार गरिनेछ। प्रारम्भिक चरणमा २४० किलोवाट क्षमताबाट सञ्चालन सुरु हुने र सन् २०३० सम्ममा ५ मेगावाटसम्म विस्तार गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

प्रविधि तथा विशेषज्ञताका लागि कम्पनीले VWDN Technologies, Google Cloud, AMD र Micron जस्ता अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूसँग रणनीतिक साझेदारी गरेको जनाएको छ।

बिचुटेन डाटा भोल्टका अनुसार परियोजनाले सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्नेछ। साथै, भविष्यमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप तथा ट्याब्लेट उत्पादन गर्ने दीर्घकालीन योजना समेत रहेको उल्लेख गरिएको छ।

कम्पनीले ‘डाटा नै कृत्रिम बौद्धिकता (AI) र डिजिटल रूपान्तरणको आधार हो’ भन्ने मान्यताका साथ नेपालको डाटा नेपालभित्रै सुरक्षित राख्ने ‘इन-कन्ट्री डाटा रेजिडेन्सी’ सुनिश्चित गर्ने जनाएको छ। यसले विदेशी सर्भरमाथिको निर्भरता घटाउँदै राष्ट्रिय साइबर सुरक्षा तथा डिजिटल आत्मनिर्भरतालाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

ऊर्जा दक्ष र पूर्ण रूपमा नेपाली जलविद्युत्मा आधारित रहने डाटा सेन्टर वातावरणमैत्री हुने कम्पनीको दाबी छ।

बिचुटेन डाटा भोल्ट प्रालि नेपालमा आधारित निजी कम्पनी हो, जसले सुरक्षित, मापनयोग्य तथा विश्वस्तरीय डिजिटल पूर्वाधार निर्माणमा काम गरिरहेको छ। कम्पनीका अनुसार ‘बिचुटेन’ नाम भगवान विष्णुको जापानी बौद्ध नामबाट प्रेरित भएको हो, जसले “रक्षक” को प्रतिनिधित्व गर्छ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...