CG Electronics
IME Life
NIMB

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण गर्दै सुसंस्कृत एवं समुन्नत राष्ट्र निर्माण गर्ने पवित्र उद्देश्यका साथ गीता परिवार नेपालले यही वैशाख २७ गते आइतबार काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम आयोजना गर्न गइरहेको छ। ‘गीता पढौँ, पढाऔँ र जीवनमा लगाऔँ’ भन्ने मूल नाराका साथ स्थापित यस संस्थाले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ९ बजेदेखि उक्त विशेष समारोहको सञ्चालन गर्नेछ। कार्यक्रममा गीता परिवारका संस्थापक एवं श्रीराम जन्मभूमि तीर्थ क्षेत्र न्यास, अयोध्याका कोषाध्यक्ष स्वामी गोविन्ददेव गिरि जी महाराजको पावन सान्निध्य रहने छ भने करिब १ हजार ३ सय सहभागीको उपस्थिति रहने अनुमान गरिएको गीता परिवार नेपालकी अध्यक्ष सारिका अग्रवालले बताउनु भयो ।

२०७७ साल मङ्सिर ३ गते पाण्डव पञ्चमीका दिन कोरोनाकालको विषम परिस्थितिमा ५ जना सेविकाहरूबाट प्रारम्भ भएको यो अभियानले ६ वर्षको छोटो अवधिमै करिब ५ सय स्वयंसेवी र १५ हजारबढी सदस्यहरूलाई आबद्ध गराउन सफल भएको छ। हाल गीता परिवार नेपाल ‘प्रथम अन्तर्राष्ट्रिय शाखा’ का रूपमा चयन हुनु सम्पूर्ण नेपालीका लागि गौरवको विषय बनेको यसका संस्थापक अध्यक्ष तथा गीता मैत्री मिलन कार्यक्रमको मूल समारोह समिति अध्यक्ष जय किसन सारडाले जानकारी दिनु भयो ।

यो संस्थाले बाल संस्कार वर्गमार्फत बालबालिकाहरूमा नैतिक मूल्यहरूको बीजारोपण गर्ने, अनलाइन तथा अफलाइन माध्यमबाट निःशुल्क गीता प्रशिक्षण दिने र डिजिटल माध्यमको प्रयोग गरी गीताका श्लोकहरू सिकाउने जस्ता मुख्य गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

दैनिक १ सयबढी जुम कक्षाहरूमार्फत गीताका श्लोकहरूको उच्चारण अभ्यासका साथै साप्ताहिक र दैनिक पारायण, विष्णुसहस्रनाम र रामरक्षा स्तोत्रजस्ता आध्यात्मिक गतिविधिहरू बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्म सञ्चालन हुने गरेका छन्। भगवद्भक्ति, श्रीमद्भगवद्गीता, मातृभूमि, विज्ञाननिष्ठा र स्वामी विवेकानन्दको आदर्शलाई आत्मसात गर्दै सनातन समाजको विकास गर्ने यस संस्थाको मुख्य लक्ष्य रहेको छ।
भौगोलिक विकटता र प्राविधिक चुनौतीका बाबजुद गाउँ, बस्ती र नगरहरूमा गीता चेतना विस्तार गर्न आयोजना हुन लागेको यस गीता मैत्री मिलन कार्यक्रममा सहभागी भई आध्यात्मिक जागरणको अभियानलाई सफल पारिदिन अनुरोध गरिएको छ ।

यो कार्यक्रमको तयारीको जानकारी दिन शुक्रबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा गीता परिवारका सचिव रामप्रसाद अधिकारीले यो संस्थाको स्थापना र स्थापनापछि गरिएका कृयाकलापको जानकारी दिनु भएको थियो ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...