CG Electronics
IME Life
Ncell NPL

नेपाल बैंकका ग्राहकलाई बि एण्ड बि हस्पिटलमा उपचार शुल्कमा १५ प्रतिशत छुट

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौंमा नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल प्रा.लि. बीच उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीहरूले बि एण्ड बि हस्पिटलमा उपचार गराउँदा नेपाल बैंकको मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गरेमा विभिन्न स्वास्थ्य सेवामा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट पाउनेछन्।

सम्झौतापत्रमा बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र बि एण्ड बि हस्पिटलका प्रशासन प्रमुख प्रकाशकुमार भट्टराईले हस्ताक्षर गरेका हुन्। बैंकका अनुसार यस सहकार्यबाट ग्राहक र कर्मचारीले सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

नेपाल बैंकले हाल देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ। बैंकले आधुनिक प्रविधिमार्फत छिटो, सरल र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको उल्लेख गरेको छ।

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन आवश्यक छ : सचिव भुजेल

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५७

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका...

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५०

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ले आफ्नो...

अनामनगरमा ‘एभरेस्ट कफी बिन्स’को नयाँ फ्रेन्चाइज सञ्चालनमा

अनामनगरमा ‘एभरेस्ट कफी बिन्स’को नयाँ फ्रेन्चाइज सञ्चालनमा

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:३८

  काठमाडौं । काठमाडौंस्थित अनामनगर (सिंहदरबार पूर्वीगेट) मा संकल्प इन्भेस्टमेन्ट...

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई नेतृत्व र व्यवसायिक सीप विकासमा जोड

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:१२

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरेन्द्रनगर शाखाको...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि इप्पान, बेलायती दूतावास र डोल्मा एडभाइजर्सबीच छलफल

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३१

  काठमाडौं । नेपालको ऊर्जा तथा पूर्वाधार क्षेत्रमा वित्तीय उपकरणहरूमार्फत...