CG Electronics
IME Life
Ncell NPL

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय वालिङमार्फत श्री बाल शिक्षा निकेतन आधारभूत विद्यालय मा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरेको छ।

बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालयका विद्यार्थीलाई कापी, कलमलगायत विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत १०० भन्दा बढी विद्यार्थीलाई आवश्यक स्टेशनरी सामग्री वितरण गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल अर्यालले बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामग्रीले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने बताउनुभयो। उहाँले सामुदायिक विद्यालयका विद्यार्थीहरूको मनोबल वृद्धि गर्न यस्ता कार्यक्रमले सकारात्मक भूमिका खेल्ने धारणा राख्नुभयो।

बैंकका क्षेत्र प्रमुख ढकालले पनि यस्ता सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप प्रेरणा र सहजता मिल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा बैंकका कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक तथा साक्षरता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन आवश्यक छ : सचिव भुजेल

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५७

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका...

नेपाल बैंकका ग्राहकलाई बि एण्ड बि हस्पिटलमा उपचार शुल्कमा १५ प्रतिशत छुट

नेपाल बैंकका ग्राहकलाई बि एण्ड बि हस्पिटलमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:४५

  काठमाडौंमा नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...

अनामनगरमा ‘एभरेस्ट कफी बिन्स’को नयाँ फ्रेन्चाइज सञ्चालनमा

अनामनगरमा ‘एभरेस्ट कफी बिन्स’को नयाँ फ्रेन्चाइज सञ्चालनमा

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:३८

  काठमाडौं । काठमाडौंस्थित अनामनगर (सिंहदरबार पूर्वीगेट) मा संकल्प इन्भेस्टमेन्ट...

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई नेतृत्व र व्यवसायिक सीप विकासमा जोड

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:१२

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरेन्द्रनगर शाखाको...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि इप्पान, बेलायती दूतावास र डोल्मा एडभाइजर्सबीच छलफल

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३१

  काठमाडौं । नेपालको ऊर्जा तथा पूर्वाधार क्षेत्रमा वित्तीय उपकरणहरूमार्फत...