CG Electronics
IME Life
NIMB

आइएमई र सामसङ नेपालको सहकार्यमा ‘रेमिटमा बेनिफिट’ योजना सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं  । आइएमईले वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई लक्षित गर्दै ‘रेमिटमा बेनिफिट’ नामक नयाँ ग्राहकलाभ योजना सार्वजनिक गरेको छ । यो योजना सामसङ नेपालको सहकार्यमा सञ्चालन गरिएको हो ।

योजना अन्तर्गत अब आइएमईमार्फत विदेशबाट नेपालमा रेमिट्यान्स पठाउने ग्राहकहरूले सामसङका विभिन्न इलेक्ट्रोनिक सामान खरिद गर्दा विशेष छुट, क्यासब्याक तथा अन्य आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस योजनाको लाभ लिन ग्राहकहरूले सर्वप्रथम IME Remit मार्फत विदेशबाट नेपालमा रकम पठाउनुपर्नेछ । त्यसपछि नेपालमा पैसा प्राप्त गर्दा प्रयोग भएको IME Control Number सुरक्षित राखेर सामसङको आधिकारिक स्टोर वा डिलरकहाँ पुग्नुपर्नेछ ।

ग्राहकहरूले आफूलाई आवश्यक सामसङ स्मार्टफोन वा अन्य घरेलु उपकरण छनोट गरी HFL मार्फत सहज EMI वा ऋण सुविधा प्रयोग गरेर खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार EMI सुविधा २४ महिनासम्म उपलब्ध हुनेछ ।

साथै स्मार्टफोन, स्मार्ट टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन लगायतका उपकरण खरिद गर्दा ग्राहकहरूले अधिकतम ६ प्रतिशतसम्म क्यासब्याक खल्ती बाइ आइएमई वालेटमा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी सामसङ स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले एनसेल प्याक सक्रिय गर्दा अधिकतम १८० जीबीसम्म बोनस डेटा सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा उनीहरूका परिवारको दैनिक जीवनलाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले योजना ल्याइएको बताए ।

कम्पनीका अनुसार यस अभियानमार्फत ग्राहकहरूले आधुनिक प्रविधियुक्त सामसङका उत्पादनहरू अझ सहज, किफायती तथा लाभदायक रूपमा खरिद गर्न सक्ने अपेक्षा गरिएको छ ।

हाल आइएमईले देशभर २२५ आइएमई सेन्टर, १२ हजारभन्दा बढी सब–एजेन्ट तथा बैंक तथा वित्तीय संस्थाका शाखामार्फत रेमिट्यान्स सेवा प्रदान गर्दै आएको जनाएको छ ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...