CG Electronics
IME Life
NIMB

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम श्रेणी सीजी मेरिडिया अन्तर्गत अत्याधुनिक ड्रिप कफी मेकर बजारमा ल्याएको छ । यसअघि सार्वजनिक गरिएको एस्प्रेसो मेकरको सफलतापछि कम्पनीले नेपालमा बढ्दो कफी संस्कृति र चिसो मौसमलाई मध्यनजर गर्दै यो नयाँ उपकरण सार्वजनिक गरेको हो ।

घर वा कार्यालयमै क्याफे जस्तै फ्रेस ब्रुअड कफीको स्वाद लिन चाहने उपभोक्ताहरूका लागि यो मेसिन उत्कृष्ट विकल्प हुने कम्पनीले विश्वास लिएको छ ।

विशेष गरी ठूला परिवार र कर्पोरेट कार्यालयहरूलाई लक्षित गरी ल्याइएको यस ड्रिप कफी मेकरमा १.२५ लिटर क्षमताको ग्लास क्याराफे (सिसाको जग) रहेको छ । ७५० वाटको शक्तिशाली पर्फर्मेन्स क्षमता भएको यो मेसिनले निकै कम समयमा कफी तयार पार्छ ।

यसमा कफी बनेको ४० मिनेट पछिसम्म पनि तातो र ताजा राखिरहन विशेष वर्मिङ प्लेट जडान गरिएको छ । साथै, कफी चुहिनबाट रोक्न एन्टी–ड्रिप स्टप मेकानिजम र सुरक्षाका लागि अटो–सट अफ तथा बोइल ड्राई प्रोटेक्सन जस्ता स्मार्ट सुविधाहरू समेत समावेश छन् ।

आकर्षक ब्ल्याक र सिल्भर प्रिमियम फिनिसिङमा उपलब्ध यो कफी मेकर देशभरका २८ वटा सीजी डिजिटल शोरुम, आधिकारिक बिक्रेता र अनलाइन पोर्टल मार्फत खरिद गर्न सकिन्छ । सीजीले ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको भरपर्दो प्राविधिक सहयोगको सुनिश्चितता समेत गरेको छ ।

नेपालमा कफी पिउने संस्कार जीवनशैलीकै रूपमा विकास भइरहेको अवस्थामा यसले उपभोक्ताको भान्सालाई अझ स्मार्ट र आधुनिक बनाउने कम्पनीको दाबी छ ।

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...