CG Electronics
IME Life
Ncell NPL

बामपन्थी आन्दोलनले आत्मसमीक्षा गर्दै नयाँ वैचारिक दिशा तय गर्नुपर्छ :विद्या भट्टराई

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं ।

नेकपा एमालेकी नेत्री तथा समाजशास्त्री विद्या भट्टराईले बामपन्थी आन्दोलनले आफ्नो विगत, वर्तमान अवस्था र भविष्यको दिशा गहिरो रूपमा आत्मसमीक्षा गर्नुपर्ने बताएकी छन्।

मंगलबार काठमाडौं आयोजित ‘आजको राजनीति चुनौती, एजेन्डा र निकास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बामपन्थी आन्दोलनले आफ्नो मूल वैचारिक पहिचान कति जोगाउन सक्यो भन्ने प्रश्न आजको मुख्य बहस हुनुपर्ने धारणा राखिन्।

उनका अनुसार बामपन्थी आन्दोलनले हिजो समाज परिवर्तनका ठूला एजेन्डा उठाए पनि निर्णय र कार्यान्वयनको चरणमा पुग्दा कमजोर हुने प्रवृत्ति देखिएको छ।

उनले बामपन्थी आन्दोलनभित्र वैचारिक स्पष्टता कमजोर हुँदै गएको उल्लेख गर्दै बीचको समयमा आन्दोलन आफ्नो मूल विचारबाट टाढिँदै गएको टिप्पणी गरिन्।

‘हामी क्रान्तिकारी कुरा धेरै गर्छौं, तर कार्यान्वयन र नतिजा दिने ठाउँमा पुग्दा अलमलिन्छौं,’ उनले भनिन्।

विद्या भट्टराईले संविधान निर्माण प्रक्रियालाई ऐतिहासिक उपलब्धि भए पनि त्यसको पूर्ण कार्यान्वयनमा राजनीतिक दलहरू चुकेको बताइन्।

उनका अनुसार संविधानले सामाजिक न्याय, समावेशी लोकतन्त्र र समाजवादउन्मुख राज्यको परिकल्पना गरे पनि व्यवहारमा ती विषयहरू कमजोर रूपमा लागू भएका छन्।

उनले संविधान निर्माणपछि विभिन्न राजनीतिक शक्ति र आन्दोलनबीच सहमति भए पनि असहमति भएका पक्षहरूसँग पर्याप्त संवाद नहुँदा समस्या बढेको उल्लेख गरिन्।

‘संविधान सबैको साझा दस्तावेज भनिए पनि त्यसलाई सबै पक्षसँग मिलाएर लैजाने अभ्यास कमजोर रह्यो,’ उनले भनिन्।

उनले थप्दै भनिन्, बामपन्थी आन्दोलनले सामाजिक मुद्दाहरूलाई राजनीतिक आन्दोलनका रूपमा उठाए पनि राज्यमा पुगेपछि ती मुद्दा क्रमशः कमजोर हुँदै गएको छ।

त्यसको सट्टा सत्ता, वर्चस्व र शक्ति सन्तुलनमा केन्द्रित हुने प्रवृत्ति बढेको उनको विश्लेषण छ।

त्यस्तै उनले राजनीतिक दलहरू भित्र विचारको विकास कमजोर हुँदै गएको र नेतृत्व हस्तान्तरण नहुनु आजको प्रमुख चुनौती भएको बताइन्।

उनका अनुसार लामो समय एउटै नेतृत्व रहँदा संस्थागत सुधार र नयाँ पुस्ताको सहभागिता कमजोर हुन्छ।

उनले दलाल पुँजीवादको प्रभाव, सामाजिक न्यायको कमजोर कार्यान्वयन, र समाज–राज्य सम्बन्धमा आएको दूरीले बामपन्थी आन्दोलनमाथि प्रश्न उठाएको बताइन्।

कार्यक्रममा उनले राजनीतिक शक्ति मात्र होइन सामाजिक शक्ति, शिक्षा, प्रविधि र नागरिक चेतनालाई पनि शक्तिको रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याइन्।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०३

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सडक...

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

सवाल पुराना र नयाँको होइन, सही र...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:५२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

‘प्रधानमन्त्रीले सदनमा जनताको प्रश्नको उत्तर दिन नसक्नु अयोग्यता र असक्षमताको नमुना’

‘प्रधानमन्त्रीले सदनमा जनताको प्रश्नको उत्तर दिन नसक्नु...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३०

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन...