केपीएल प्रसारण सम्झौतामा अफजल हुसेन र सञ्जयराज भण्डारीबीच हस्ताक्षर
Tuesday May 12, 2026
वि.सं.२०८३ वैशाख २९ मंगलवार २०:५०
काठमाडौं । कोसी प्राइड लिग (केपीएल)को तेस्रो संस्करणको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ। प्रतियोगिता प्रसारणसम्बन्धी सम्झौतापत्र सोमबार केपीएलका निर्देशक अफजल हुसेन र डिस मिडिया नेटवर्कका कन्टेन्ट हेड सञ्जयराज भण्डारीबीच हस्ताक्षर भएको हो।
प्रतियोगिता आगामी जेठ ९ देखि २३ गतेसम्म सञ्चालन हुने तय भएको छ। यसअघि फागुन ९ देखि २१ गतेसम्म हुने भनिएको प्रतियोगिता विभिन्न कारणले दुई पटक सारिएको थियो।
कोसी प्राइड प्रालिका अनुसार यस संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टीभीएस एन्टोर स्कुटर पुरस्कारस्वरूप प्रदान गरिनेछ।
लिगमा सात वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। टोलीहरूले अक्सनमार्फत समान १२ जना खेलाडी अनुबन्ध गरिसकेका छन् भने ड्राफ्टमार्फत थप ३ देखि ६ खेलाडी भित्र्याएका छन्।
प्रतिस्पर्धामा एभरेस्ट थन्डर्स, नुमना ब्लास्टर, इटहरी आदर्श जायन्ट्स, विर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, बीएन कोसी अनर्स र गोर्खा एभेन्जर्स सहभागी हुनेछन्।
टी–२० ढाँचामा हुने यो लिगले स्थानीय क्रिकेट प्रतिभालाई उजागर गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।




























