CG Electronics
IME Life
NIMB

रोयल टुलिप काठमाडौँलाई आईपीओमा लैजान नबिल इन्भेष्टमेन्टसँग सम्झौता

NIMB
Himalayan Bank

 

काठमाडौँ । द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाडौँ) ले सर्वसाधारणमा सेयर निष्कासन (आईपीओ) गर्ने तयारी थालेको छ ।

यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँग संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौताअनुसार नबिल इन्भेष्टमेन्टले द म्यासिफ होटललाई प्राइभेट कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्न आवश्यक समन्वय तथा सहजीकरण गर्नेछ । साथै कम्पनीलाई सार्वजनिक निष्कासनका लागि आवश्यक पूर्वतयारीमा सहयोग गर्ने जनाएको छ ।

सम्झौतापत्रमा द म्यासिफ होटल प्राइभेट लिमिटेडका अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

ललितपुरको ग्वार्कोमा रहेको द म्यासिफ होटल ‘रोयल टुलिप काठमाडौँ’ नामबाट सञ्चालनमा छ । फ्रान्सेली अन्तर्राष्ट्रिय चेन ब्रान्डअन्तर्गत सञ्चालित यो होटल पाँचतारे स्तरको रहेको कम्पनीले जनाएको छ ।

होटलमा ३०८ वटा कोठा तथा सुइट रुम रहेका छन् । साथै साना–ठूला गरी १० वटा बैठक हलसमेत रहेका छन् । कम्पनीका अनुसार यो नेपालकै धेरै कोठा भएको होटलमध्ये एक हो ।

आधुनिक वास्तुकलामा निर्माण गरिएको होटलमा हेल्थ क्लब, स्पा, इन–हाउस रेष्टुरेन्ट तथा अत्याधुनिक सुविधा उपलब्ध छन् । होटलले ग्राहकलाई उच्चस्तरीय सेवा र सुविधामार्फत स्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।

नबिल इन्भेष्टमेन्टले पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायसँग आईपीओ निष्कासनका लागि अनुमति मागिने जनाएको छ ।

 

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच विपद् पूर्वसूचना एसएमएस सेवा सम्बन्धी सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच...

वि.सं.२०८३ असार ३१ बुधवार २२:१५

  काठमाडौं, असार ३१ — नेपाल टेलिकम र जल तथा...

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ असार ३१ बुधवार २१:५८

  काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...