कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख ‘भेप’ रहेको आशंका
Saturday May 16, 2026
वि.सं.२०८३ जेठ २ शनिवार १६:५६
काठमाडौँ । भन्सार विभाग ले कोरोला नाकाबाट हिजो राति करिब साढे १० बजे दुई वटा गाडी नियन्त्रणमा लिएको छ। गाडीमा अवैध रूपमा ‘भेप’ लुकाएर ल्याइएको आशंकामा नियन्त्रणमा लिइएको विभागीय स्रोतले जनाएको छ।
हाल गाडी भन्सार विभागको नियन्त्रणमा रहेको र खोलर जाँच गर्ने तयारी भइरहेको छ। प्रारम्भिक अनुमानअनुसार ती गाडीमा करिब एक लाख पिस भेप रहेको बताइएको छ। नेपालमा भेप प्रतिबन्धित रहेको छ ।




























