सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव भव्य रूपमा मनायो
Tuesday May 19, 2026
वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:२३
काठमाडौं । युवा उद्यमी सोनी राणा नेतृत्वको सासा ट्राभल्स प्रा. लि. ले आफ्नो पहिलो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
विङ्स अन्डर फोर्टीमा “बेस्ट ट्राभल इन्टरप्रेनर – वुमन अवार्ड” जित्न सफल सोनी राणाले सन् २०२५ मे १५ मा स्थापना गरेको सासा ट्राभल्सले छोटो समयमै ट्राभल तथा टिकटिङ क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।
नेपालको ट्राभल व्यवसायमा नयाँपन ल्याउने, ग्राहक सेवामा फरक अनुभव दिने तथा प्रतिस्पर्धी मूल्य कायम गर्ने उद्देश्यसहित सञ्चालनमा आएको कम्पनीले एयरलाइन्स टिकटिङ, टुर तथा ट्राभल व्यवस्थापन क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाएको छ ।
अमेरिका, क्यानडा, अस्ट्रेलिया तथा युरोपेली गन्तव्यहरूको टिकटिङमा विशेष दख्खल बनाएको सासाले आउटबाउन्ड ट्राभल क्षेत्रमा समेत राम्रो सफलता पाएको बताइएको छ । कम्पनीले विशेष गरी इन्डोनेसियाको बालीका फिक्स्ड डिपार्चर टुरमा फोकस गर्दै आएको छ । साथै थाइल्यान्ड, श्रीलंका तथा युरोपका विभिन्न गन्तव्यमा पनि टुर सञ्चालन गरिरहेको जनाएको छ ।
काठमाडौंस्थित एक होटलमा आयोजित वार्षिकोत्सव कार्यक्रममा एयरलाइन्स प्रतिनिधि, जीडीएस म्यानेजर, ट्राभल एजेन्सी तथा कम्पनीका विशेष ग्राहकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले छोटो समयमै सासा ट्राभल्सले हासिल गरेको उपलब्धिलाई प्रशंसनीय बताएका थिए ।
त्यस अवसरमा निरु दुग्गल ले सानै उमेरमा व्यवसाय सुरु गरेर सफलता हासिल गर्नु प्रेरणादायी रहेको बताउँदै युवाहरूले यस्ता उदाहरणबाट प्रेरणा लिनुपर्ने धारणा व्यक्त गरिन् ।


























