सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग
Thursday May 28, 2026
वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नयाँबानेश्वरमा अवस्थित नेपालबाल सेवा फाउन्डेसनका बालबालिकाहरूलाई आर्थिक सहयोग गरेको छ। स्थापनाकालदेखि नै विभिन्न जिल्लाका अनाथ तथा असहाय बालबालिकाहरूको सेवा गर्दै आएको यस फाउन्डेसनले हाल ४५ जना बालबालिकाहरूलाई संरक्षण दिइरहेको छ। इन्स्योरेन्स कम्पनीले उक्त बालआश्रममा आश्रित बालबालिकाहरूमध्ये ज्ञानभूमि स्कुलमा अध्ययन गरिरहेका ८ जना बालबालिकाको वार्षिक पढाइ शुल्कबापत प्रतिबालबालिका रु. ३०,००० का दरले कुल रु. २,४०,००० (अक्षरेपी दुई लाख चालिस हजार रुपैयाँ मात्र) आर्थिक सहयोग उपलब्ध गराएको हो।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानव कल्याण र समाजहितका क्षेत्रमा विभिन्न गतिविधिहरू निरन्तर गर्दै आएको छ। यस प्रकारका कार्यहरू प्रति सक्रिय भूमिका निभाउँदै कम्पनीले समाजप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गरेको छ। आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा महत्त्वपूर्ण योगदान पुर्याउने योजना रहेको कम्पनीले बताएको छ। यस्ता प्रयासहरू मार्फत व्यवसायिक नाफासँगै सामाजिक हितलाई पनि सँगसँगै अगाडि बढाउने विश्वास कम्पनीले लिएको छ भने भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ बढी प्रभावकारी र समुदायमैत्री बनाउने रणनीति बनाएको छ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवाको विस्तार, दाबी प्रक्रियामा सहजता, ग्राहक सम्पर्क प्रणालीको सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ। हाल कम्पनीले देशभर रहेका आफ्ना १७६ वटा शाखा सञ्जालमार्फत ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ। हाल कम्पनीको कुल पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने लगानी २५ अर्ब रुपैयाँभन्दा बढी पुगिसकेको छ। यसका साथै, कम्पनीमा हाल १७,००० भन्दा बढी अभिकर्ताहरू सक्रिय रूपमा कार्यरत रहेका छन्।























