CG Electronics
IME Life
NIMB

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता प्रल्हाद दाहालले आगामी आर्थिक वर्षको बजेटले कृषि, पशुपालन तथा दुग्ध क्षेत्रलाई केही हदसम्म प्राथमिकतामा राखेको देखिए पनि अपेक्षित विस्तार भने अझै हुन नसकेको बताएका छन्।

उनका अनुसार व्यवसायिक कृषि, ठूला डेरी फार्म, पशुपालन तथा दुग्ध प्रशोधन उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएका कार्यक्रमहरू सकारात्मक भए पनि बजेटको संरचना र आकारसँग तुलना गर्दा कृषि क्षेत्रको हिस्सा अझै सीमित रहेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ४६ अर्ब ९२ करोड रुपैयाँ विनियोजन गरिएको भए पनि करिब ३२ अर्ब रुपैयाँ रासायनिक मल खरिदमै खर्च हुने भएकाले विकासतर्फको बजेट निकै न्यून भएको उनको टिप्पणी छ। ‘नारा धेरै, बजेट कम’ भएको भन्दै उनले कृषि क्षेत्रले अपेक्षा गरेअनुसारको ठूलो विस्तार नपाएको बताए।

दाहालका अनुसार न्यूनतम २ करोड रुपैयाँ लगानी गर्ने कृषक वा कृषि उद्यमीलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने व्यवस्था डेरी तथा पशुपालन क्षेत्रका लागि महत्वपूर्ण घोषणा हो। यसले आधुनिक डेरी फार्म, गाई–भैंसी पालन, दुग्ध प्रशोधन उद्योग तथा चिस्यान केन्द्र स्थापनामा निजी क्षेत्रको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

तर उनले अनुदानको कार्यविधि सहज, पारदर्शी र वास्तविक किसानमैत्री हुनुपर्नेमा जोड दिएका छन्। अनुदान सानो तथा मझौला किसानसम्म पुग्नुपर्ने भन्दै लगानी सीमा अझै घटाउन सके समावेशिता बढ्ने उनको सुझाव छ।

त्यस्तै, कृषि बाली तथा पशुधन बीमामा ८० प्रतिशत अनुदान दिने व्यवस्था किसानका लागि अत्यन्त सकारात्मक भएको उनले बताएका छन्। पशुपालन क्षेत्रमा रोग, महामारी र प्राकृतिक विपत्तिको जोखिम उच्च हुने भएकाले बीमा विस्तारले किसानलाई सुरक्षा दिने विश्वास उनले व्यक्त गरे।

बजेटमा प्रस्तावित ‘मध्य–मधेस चतुर्भुज विकास’ कार्यक्रम, कृषि उत्पादन क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने योजना तथा कृषि उद्योग प्रवद्र्धनका पहलहरू पनि सकारात्मक रहेको उनको भनाइ छ। यी योजनाले दुग्ध उत्पादन, संकलन र बजारीकरण प्रणालीलाई दीर्घकालीन रूपमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ।

सरकारले घोषणा गरेको ‘लगानी एक्सप्रेस’ र ‘सिङ्गल रुट प्रणाली’ प्रभावकारी रूपमा कार्यान्वयन भए कृषि तथा डेरी उद्योग खोल्ने प्रक्रियामा रहेको झन्झट कम हुने र निजी लगानी आकर्षित हुने दाहालले बताए।तर उनले विगतका अनुभव स्मरण गर्दै कार्यान्वयन पक्ष नै प्रमुख चुनौती रहेको औंल्याएका छन्। किसानले समयमा भुक्तानी नपाउने, अनुदान प्रक्रिया जटिल हुने तथा बीमाको दाबी ढिलाइ हुने समस्या अझै कायम रहेको भन्दै उनले बजेटको सफलता व्यवहारिक कार्यान्वयनमा निर्भर रहने स्पष्ट पारे।

समग्रमा बजेटले कृषि, पशुपालन र डेरी क्षेत्रलाई व्यवसायिक र उद्योगमुखी बनाउने संकेत दिएको भए पनि अब सरकार, किसान र निजी क्षेत्रबीच सहकार्य बढाएर परिणाममुखी कार्यान्वयन आवश्यक रहेको उनको निष्कर्ष छ।

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

उत्तम भ्लोनको बजेटप्रति प्रतिक्रियाःऊर्जा क्षेत्रका केही प्रावधान सकारात्मक, तर पीपीए र घरेलु खपतमा अस्पष्टता

उत्तम भ्लोनको बजेटप्रति प्रतिक्रियाःऊर्जा क्षेत्रका केही प्रावधान...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:२६

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आगामी...

विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:२१

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी...

बजेटले कृषि क्षेत्रलाई निराश बनायो, पूर्वाधारमुखी कार्यक्रमले किसानलाई गलत दिशातर्फ धकेल्ने खतरा : दिपेश नेपाल

बजेटले कृषि क्षेत्रलाई निराश बनायो, पूर्वाधारमुखी कार्यक्रमले...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:१७

  काठमाडौं । युवा किसान तथा कृषि अभियन्ता दिपेश नेपालले...

लेखा शिक्षक कार्याशालाका लागि ब्रिटिश प्रोफेसनल कलेज र एसीसीएबीच सहकार्य

लेखा शिक्षक कार्याशालाका लागि ब्रिटिश प्रोफेसनल कलेज...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:१२

  पोखरा । ब्रिटिश एजुकेशन ग्रुप अन्तर्गत सञ्चालनमा रहेको ब्रिटिश...