आईएमई लाइफ इन्स्योरेन्सद्वारा बाल डेभलपमेन्ट एण्ड केयरलाई आर्थिक सहयोग, न्युरो डेभलपमेन्ट समस्या भएका बालबालिकाको उपचारमा सहकार्य
Wednesday Jun 03, 2026
वि.सं.२०८३ जेठ २० बुधवार २१:१६
काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत बाल डेभलपमेन्ट एण्ड केयर प्रा.लि.लाई आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग न्युरो डेभलपमेन्ट डिअर्डर (मस्तिष्क तथा स्नायु विकास सम्बन्धी समस्या) बाट प्रभावित बालबालिकाहरूको उपचार तथा पुनःस्थापना सेवाका लागि उपयोग गरिने कम्पनीले जनाएको छ ।
यस कार्यक्रम अन्तर्गत आईएमई लाइफ इन्स्योरेन्सले रु. ३ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ, जसबाट प्रभावित बालबालिकाहरूले आवश्यक थेरापी तथा विशेष हेरचाह सेवा प्राप्त गर्नेछन् ।
न्युरो डेभलपमेन्ट समस्याबाट प्रभावित बालबालिकाहरूलाई समयमै आवश्यक उपचार तथा थेरापी उपलब्ध गराउन सके उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । यस सहयोगले आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका परिवारहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।
बाल डेभलपमेन्ट एण्ड केयरले विशेष आवश्यकता भएका बालबालिकाहरूका लागि मूल्यांकन, परामर्श, थेरापी तथा पुनःस्थापना सेवाहरू प्रदान गर्दै आएको छ । संस्थाको विशेषज्ञता र आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धताले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ । आईएमई लाइफ इन्स्योरेन्सले “Ensuring Future” को मूल मन्त्रलाई आत्मसात् गर्दै स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको छ ।























