CG Electronics
IME Life
NIMB

बीवाईडी सवारीसाधन आयात सम्बन्धमा साइमेक्स इंकको तथ्यगत स्पष्टीकरणः अनुचित लाभ लिएको आरोप पूर्णत : निराधार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका विद्युतीय सवारी साधन (इभी) का सम्बन्धमा विभिन्न सञ्चार माध्यम तथा सार्वजनिक वृत्तमा व्यक्त चासोप्रति आधिकारिक वितरक साइमेक्स इंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले एक प्रेश विज्ञप्ति जारी गर्दै यस विषयमा विभिन्न तथ्यहरू स्पष्ट पारेको छ। कम्पनीले कानुनको पालना, पारदर्शिता तथा नैतिक व्यावसायिक अभ्यासप्रतिको आफ्नो अटल प्रतिबद्धता पुनः व्यक्त गर्दै सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोप पूर्णतः निराधार, असत्य तथा कम्पनीको प्रतिष्ठामा आघात पुर्‍याउने खालको रहेको स्पष्ट पारेको छ।

सञ्चारमाध्यममा आएका विभिन्न टिप्पणीहरूलाई स्पष्ट पार्न कम्पनीले मुस्ताङको कोराला भन्सार र रसुवा भन्सारबाट भएका आयातको विस्तृत र आधिकारिक विवरण समेत सार्वजनिक गरेको छ। कम्पनीका अनुसार कोराला भन्सार (मुस्ताङ) बाट कुल ६४९ वटा सवारीसाधनको चीनतर्फको निर्यात घोषणा तथा नेपालतर्फको आयात जाँचपास प्रक्रिया सम्पन्न भएको छ। चीनतर्फ मे २२ देखि मे २७ सम्म विभिन्न क्लियरेन्स नम्बर (१९०, १९१, १९५, १९६, १९७, १९८, २००, १९९, २०५, २०६, rally, २०८, २०३, २०२, २०१, २०९, २०४, २११, २१०, २१२) मार्फत एट्टो १ र एट्टो २ मोडलका गाडीहरू निर्यात भएका थिए। ती गाडीहरू नेपालतर्फ मे २६ र मे २७ मा भन्सार जाँचपास नम्बर २३६, २३५, २३३, २३७, datacenter, २४७, २४५, २५० र २४९ मार्फत पूर्ण रूपमा जाँचपास भई भित्रिएका हुन्।

यसैगरी, रसुवा भन्सार कार्यालयमार्फत कुल ४७२ वटा सवारीसाधनको आयात तथा जाँचपास प्रक्रिया सम्पन्न भएको कम्पनीले जनाएको छ। रसुवा नाकाबाट चीनतर्फ मे ६ देखि मे २५ सम्म विभिन्न क्लियरेन्स नम्बर (३६१, ३६४, ३९२५, ४०७५, ४०७४, ४०७३, ४१११, ४१६६, ४१३९, ४१३८, ४१६३, ४२६२, ४३९७, ४३९९, ४३९५, ४३९८, ४४०२) मार्फत एट्टो १, एट्टो २, एट्टो ३ र सीलियन ७ (Sealion 7) मोडलका गाडीहरू निर्यात गरिएका थिए। ती गाडीहरू नेपालतर्फ मे १८ देखि मे २७ सम्म भन्सार जाँचपास नम्बर ५४०१, ५४००, ५३०, ५६७९, ५७३३, ५६७७, ५९९८, ५९५५, ६१२७, ६११८, ६११४ र ५९९९ मार्फत भन्सार प्रक्रिया पूरा गरी भित्रिएका हुन्। यसका अतिरिक्त, २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेका भए तापनि हालसम्म तिनको भन्सार जाँचपास प्रक्रिया सम्पन्न नभएको साइमेक्स इंकले स्पष्ट पारेको छ।

हाल विभिन्न सञ्चारमाध्यममा उल्लेख गरिएका यी सम्पूर्ण सवारीसाधनहरू नेपाल सरकारका प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा प्रक्रियाअनुसार पूर्ण रूपमा वैधानिक ढङ्गले आयात तथा जाँचपास गरिएको कम्पनीको दाबी छ। साइमेक्स इंकले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको र त्यस्तो कुनै व्यवस्थाका लागि अनुरोध समेत नगरेको स्पष्ट पारेको छ। ग्राहकहरूबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण ती बुकिङहरू पूरा गर्न तथा नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो मागलाई सम्बोधन गर्न यी सवारी साधनहरू नियमित रूपमा आयात गरिएका हुन्। यी सम्पूर्ण आयात कार्यहरू बीवाईडीको विश्वव्यापी उत्पादन तालिका, ढुवानी उपलब्धता, कम्पनीको नियमित व्यावसायिक योजना तथा यातायात र ढुवानी व्यवस्थापनसम्बन्धी चुनौतीहरूलाई ध्यानमा राखेर पूर्वनिर्धारित रूपमै सम्पन्न गरिएका हुन्।

कम्पनीले राज्यको कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई आफूले सदैव स्वागत गर्ने घोषणा गरेको छ। सत्यतथ्य स्थापित गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण कागजातहरू जस्तै आयात सम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशसम्बन्धी कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी दस्तावेजहरू सम्बन्धित सरकारी निकायलाई उपलब्ध गराउन कम्पनी पूर्ण रूपमा तयार रहेको स्पष्ट पारिएको छ। साइमेक्स इंकले सञ्चारमाध्यम तथा सरोकारवाला सबै पक्षलाई आधिकारिक अभिलेख तथा सम्बन्धित निकायबाट तथ्य पुष्टि नगरी कुनै पनि निष्कर्षमा नपुग्न विनम्र अनुरोध गरेको छ। सार्वजनिक रूपमा भ्रम सिर्जना गर्ने वा वैधानिक रूपमा सञ्चालन भइरहेका व्यवसायहरूको प्रतिष्ठामा अनुचित क्षति पुर्‍याउने खालका सामग्री प्रकाशन नगर्न आग्रह गर्दै कम्पनीले जिम्मेवारीपूर्ण पत्रकारिताका लागि अनुरोध गरेको छ।

नेपालको वातावरणीय लक्ष्य प्राप्ति, इन्धन आयातमा कमी तथा दिगो यातायातको पहुँच विस्तार गर्न नेपालको इलेक्ट्रिक मोबिलिटी सेक्टरले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको चर्चा गर्दै यस क्षेत्रमा सार्वजनिक विश्वास कायम राख्न तथ्यमा आधारित समाचार सम्प्रेषण आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ। साइमेक्स इंकले विगत धेरै वर्षदेखि नेपालको अटोमोटिभ तथा क्लिन इनर्जी रूपान्तरणको यात्रामा विश्वासिलो साझेदारका रूपमा योगदान दिँदै आएको स्मरण गराउँदै इमान्दारिता, कानुनको पालना र जवाफदेहिताका साथ नेपाली उपभोक्ताको सेवा गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ। सम्बन्धित निकायहरूद्वारा भइरहेको अध्ययन तथा समीक्षा प्रक्रियाले यस विषयमा चाँडै स्पष्टता ल्याउने र हाल बजारमा फैलाइएका भ्रम तथा गलत सूचनाहरूको अन्त्य गर्नेमा कम्पनीले पूर्ण विश्वास व्यक्त गरेको छ।

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२९

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२३

  काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारणसभा काठमाडौं...

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:११

काठमाडौँ, जेठ २९, २०८३ । नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न...