CG Electronics
IME Life
NIMB

पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्‍याली

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

ताप्लेजुङ, २४ जेठ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्‍याली निकालिएको छ।

‘विकासप्रेमी युवा समाज’को आयोजनामा निकालिएको र्‍यालीमा स्थानीयवासी, विभिन्न सङ्घसंस्था तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।

सहभागीहरूले पाथीभरा केवलकार परियोजनाले धार्मिक पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण, पूर्वाधार विकास तथा स्थानीय अर्थतन्त्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने भन्दै निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने माग गरेका थिए।

फुङ्लिङ बजार परिक्रमा गरेको र्‍याली वीरन्द्र चोकमा पुगेर सभामा परिणत भएको थियो।

कार्यक्रममा विभिन्न सङ्घसंस्था, सरोकारवाला तथा स्थानीय निकायका प्रमुख एवं प्रतिनिधिहरूले केवलकार यातायातको साधन मात्र नभई विकासको महत्वपूर्ण पूर्वाधार भएको बताउँदै यसको निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न आग्रह गरेका थिए।

उनीहरूले केवलकार, जलविद्युत् र सडकजस्ता पूर्वाधारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै आर्थिक विकास र समृद्धिमा योगदान पुर्‍याउने भएकाले विकास निर्माणका कार्यमा अवरोध सिर्जना गर्न नहुने धारणा राखेका थिए।

सभामा वक्ताहरूले परियोजनाको करिब ६० प्रतिशत निर्माण सम्पन्न भइसकेको अवस्थामा काम रोक्नु उपयुक्त नहुने उल्लेख गर्दै निर्माण कार्य छिटो सम्पन्न हुने वातावरण बनाउन सरकारसँग आग्रह गरेका थिए।

दशकौँदेखि पाथीभरा देवी मन्दिरसम्म पुग्ने केवलकार परियोजनाको चर्चा भए पनि विभिन्न कारणले यसको निर्माणले मूर्त रूप लिन सकेको थिएन। केही वर्षअघि आइएमई समूहले परियोजनाको नेतृत्व लिएसँगै निर्माण कार्य अगाडि बढेको हो।

निर्माण पक्षका अनुसार पाथीभरा केवलकार परियोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। निर्माण कार्य स्थगन हुन सक्ने चर्चा चलिरहेका बेला परियोजनालाई निरन्तरता दिनुपर्ने मागसहित सद्भाव र्‍याली आयोजना गरिएको जनाइएको छ।

ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा

ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य,...

वि.सं.२०८३ जेठ २५ सोमवार १६:००

  ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल...

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा...

वि.सं.२०८३ जेठ २४ आइतवार २२:५१

  काठमाडौँ। नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (P2P) रेमिट्यान्स सेवा...

नयाँ कर संरचनापछि लिपमोटर B10 को मूल्य ५ लाखले घट्यो, अब ५४.९९ लाखमा उपलब्ध

नयाँ कर संरचनापछि लिपमोटर B10 को मूल्य...

वि.सं.२०८३ जेठ २४ आइतवार २२:२४

  काठमाडौं, जेठ २४ – नेपालका लागि लिपमोटर (Leapmotor) गाडीको...

सीजीरिलायन्सद्वारा मनहरीमा स्वच्छ र सुरक्षित समुदाय निर्माणमा योगदान

सीजीरिलायन्सद्वारा मनहरीमा स्वच्छ र सुरक्षित समुदाय निर्माणमा...

वि.सं.२०८३ जेठ २४ आइतवार २२:१४

  काठमाडौं । सीजीरिलायन्स बेभरेज प्रालिले मनहरी गाउँपालिकाको वडा नम्बर...

एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट

एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट

वि.सं.२०८३ जेठ २४ आइतवार २२:०३

  काठमाडौं, जेठ २४ – एनसेलका सबै ग्राहकहरूले अब अल्टिमा...

वर्ल्डकप टु वर्ल्डकप’ योजना: विश्वकपको उत्साहलाई दोब्बर बनाउन सीजीले ल्यायो ४ वर्षको वारेन्टी र ३६ हजारसम्मको क्यासब्याक

वर्ल्डकप टु वर्ल्डकप’ योजना: विश्वकपको उत्साहलाई दोब्बर...

वि.सं.२०८३ जेठ २४ आइतवार २१:५७

  काठमाडौँ – फुटबलको महाकुम्भ विश्वकपको ज्वरोले सम्पूर्ण विश्वलाई छोइसकेको...