CG Electronics
IME Life
NIMB

नयाँ कर संरचनापछि लिपमोटर B10 को मूल्य ५ लाखले घट्यो, अब ५४.९९ लाखमा उपलब्ध

NIMB
Himalayan Bank

 

काठमाडौं, जेठ २४ – नेपालका लागि लिपमोटर (Leapmotor) गाडीको आधिकारिक वितरक साङ्ग्रिला मोटर्सले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी लिपमोटर B10 को टप भेरियन्टको नयाँ मूल्य सार्वजनिक गरेको छ। नेपाल सरकारले हालै लागू गरेको नयाँ कर संरचनापछि कम्पनीले गाडीको मूल्यमा उल्लेखनीय कटौती गरेको हो।

यसअघि ६० लाख रुपैयाँमा बिक्री हुँदै आएको लिपमोटर B10 को टप भेरियन्ट अब ५४ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ। नयाँ मूल्य सार्वजनिक भएसँगै ग्राहकले यस मोडलमा ५ लाख रुपैयाँसम्मको प्रत्यक्ष लाभ लिन सक्ने भएका छन्।

उत्तरढोकास्थित लिपमोटरको शोरुममा आयोजित विशेष कार्यक्रममा नयाँ मूल्य घोषणा गरिएको हो। कार्यक्रममा सञ्चारकर्मी, अटोमोबाइल क्षेत्रका प्रभावकारी व्यक्तित्व तथा ईभी पारखीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै साङ्ग्रिला मोटर्सका निर्देशक जय गोल्छाले नयाँ मूल्य निर्धारणले नेपाली उपभोक्तालाई गुणस्तरीय विद्युतीय सवारी सहज पहुँचमा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता झल्काएको बताउनुभयो। उहाँले परिष्कृत प्रविधि, उच्च सुरक्षा मापदण्ड र प्रतिस्पर्धी मूल्यका कारण लिपमोटर B10 नेपाली बजारमा आकर्षक विकल्प बन्ने विश्वास व्यक्त गर्नुभयो।

लिपमोटर B10 मा ६७.१ किलोवाट-आवर क्षमताको एलएफपी ब्याट्री र १६० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। कम्पनीका अनुसार यो गाडीले एकपटक पूर्ण चार्ज गर्दा ६०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ।

सुरक्षाका दृष्टिले गाडीमा अत्याधुनिक एडास (ADAS) प्रणाली र युरो एनक्यापको ५-स्टार सुरक्षा रेटिङ रहेको छ। यसबाहेक स्न्यापड्रागन प्रोसेसरद्वारा सञ्चालित स्मार्ट ककपिट, फराकिलो इन्टेरियर तथा फास्ट चार्जिङ सुविधा यसका प्रमुख आकर्षण हुन्।

लिपमोटर विश्वव्यापी अटोमोबाइल समूह स्टेलान्टिसको रणनीतिक साझेदारीमा अघि बढिरहेको ईभी ब्रान्ड हो। स्टेलान्टिसअन्तर्गत मसेराटी, जिप, प्युजो लगायतका विश्वप्रसिद्ध ब्रान्डहरू आबद्ध छन्।

कम्पनीका अनुसार लिपमोटरले हालसम्म विश्वभर १० लाखभन्दा बढी सवारी बिक्री गरिसकेको छ। गत मे महिनामा मात्रै ब्रान्डले ३८ हजार ५६९ युनिट गाडी ग्राहकलाई हस्तान्तरण गरेको थियो। हाल ४० भन्दा बढी देशमा उपस्थिति रहेको कम्पनीसँग १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको नेटवर्क रहेको बताइएको छ।

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता बजारमा रहेका उत्पादन गुणस्तरीय रहेकाले भ्रममा नपर्न उपभोक्तालाई आग्रह

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका...

वि.सं.२०८३ साउन ४ सोमवार १२:१४

  काठमाडौं ।  सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा...

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि...

वि.सं.२०८३ साउन ४ सोमवार ०८:४९

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको...

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी...

वि.सं.२०८३ साउन ३ आइतवार २२:०१

  काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार...

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज र लामो ऋण अवधि

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज...

वि.सं.२०८३ साउन ३ आइतवार २१:४७

  काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले...

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...