गण्डकी प्रदेशमा ओमोडा ई फाइभ प्रोको भव्य सार्वजनिककरण: ११ वर्षको वारेन्टी ग्राहकको उत्साहजनक आकर्षण
Sunday Jun 07, 2026
वि.सं.२०८३ जेठ २४ आइतवार २२:३७
काठमाडौं । गण्डकी प्रदेशमा ओमोडा एन्ड जेकु (OMODA JAECOO) को उत्साहजनक व्यावसायिक यात्रा र बजार विस्तारलाई निरन्तरता दिँदै पोखरामा नयाँ प्रिमियम विद्युतीय एसयूभी ओमोडा ई फाइभ प्रो (OMODA E5 PRO) सफलतापूर्वक सार्वजनिक गरिएको छ। गण्डकी प्रदेशका लागि यस ब्रान्ड तथा आईकार (iCAUR) सवारीसाधनको आधिकारिक विक्रेता एलाइट मोटर्स प्रा.लि.ले पोखरामा एक विशेष उत्सवमय समारोह आयोजना गरी उक्त नयाँ मोडेल बजारमा ल्याएको हो।
ओमोडाको यो नवीनतम् संस्करण सार्वजनिक भएकै अवसरमा यस क्षेत्रका ११ जनाभन्दा बढी नयाँ ग्राहकहरूलाई साँचो हस्तान्तरण (Key Handover) समेत गरिएको थियो, जसले बजारमा प्रवेश पाउनासाथ यस मोडलप्रति उपभोक्ताको बलियो आकर्षण र भरोसा रहेको पुष्टि गर्दछ।
भव्य रूपमा सम्पन्न उक्त अनावरण कार्यक्रममा स्थानीय प्रतिष्ठित व्यवसायीहरू, अटोमोबाइलका जानकारहरू, सञ्चारकर्मीहरू, विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू तथा ओमोडाका विद्यमान ग्राहकहरूको उल्लेख्य सहभागिता रहेको थियो। पोखरा र यसका आसपासका क्षेत्रमा ओमोडा एन्ड जेकु ब्रान्डले आफ्नो दह्रो उपस्थिति बनाउँदै गएको छ।
हालसम्म यस क्षेत्रमा मात्रै ३५० युनिटभन्दा बढी ओमोडा ई फाइभ, १०० युनिटभन्दा बढी जेकु जे सिक्स (JAECOO J6), ५० युनिटभन्दा बढी जेकु जे फाइभ (JAECOO J5) र ६० युनिटभन्दा बढी आईकार विद्युतीय सवारीसाधनहरू ग्राहकहरूलाई हस्तान्तरण भइसकेका छन्। यस तथ्याङ्कले पोखरा क्षेत्रमा प्रिमियम र दिगो गतिशीलता (सस्टेनेबल मोबिलिटी) का समाधानहरू तर्फ ग्राहकहरूको झुकाव द्रुत गतिमा बढिरहेको स्पष्ट पार्छ।
यसै विशेष सफलता र उत्सवको अवसर पारेर ओमोडा एन्ड जेकु नेपालले आफ्ना उपभोक्ताका लागि एउटा अभूतपूर्व उपहार र प्रतिबद्धताको घोषणा गरेको छ। ब्रान्डले विशेष ग्राहक सम्मान कार्यक्रम अन्तर्गत पोखराका सम्पूर्ण विद्यमान तथा नयाँ ओमोडा र जेकु गाडीका मालिकहरूका लागि वारेन्टी कभरेजलाई विस्तार गरेर ११ वर्ष पुर्याएको छ। यस दीर्घकालीन वारेन्टीको घोषणाले कम्पनीको प्राविधिक गुणस्तर, गाडीको विश्वसनीयता र ग्राहकको स्वामित्व सन्तुष्टिप्रतिको उच्च दायित्वलाई थप मजबुत बनाएको छ।
उक्त बजार सार्वजनिककरण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कास्की जिल्ला प्रहरी कार्यालय, पोखराका प्रहरी उपरीक्षक (SP) नवीन कार्कीका साथै एसपिजी अटोमोबाइल्स (SPG Automobiles) र एलाइट मोटर्सका उच्च व्यवस्थापन टोलीका निर्देशकहरूले उपभोक्ताहरूले ब्रान्डप्रति देखाएको निरन्तर विश्वास र अटुट समर्थनका लागि हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँहरूले पोखरा र समग्र गण्डकी प्रदेशमा छोटो समयमै हासिल भएको यो लोभलाग्दो व्यावसायिक सफलता ओमोडा एन्ड जेकु ब्रान्डको उत्कृष्ट गुणस्तर, नवीन प्रविधि र ग्राहक-केन्द्रित सोचको प्रत्यक्ष परिणाम भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा आफ्नो धारणा राख्दै एलाइट मोटर्स प्रा.लि.का अध्यक्ष गोपाल बरालले गण्डकी प्रदेशमा ओमोडा एन्ड जेकुको व्यावसायिक यात्रा अत्यन्तै सुखद, उत्साहजनक र सफल रहेको बताउनुभयो।
उहाँले ग्राहकहरूबाट प्राप्त अगाध माया र विश्वासले आफूहरूलाई आगामी दिनमा अझ उत्कृष्ट उत्पादन र विशिष्ट सेवाहरू प्रदान गर्न निरन्तर प्रेरणा दिएको उल्लेख गर्नुभयो। नयाँ प्रिमियम मोडल ओमोडा ई फाइभ प्रोको सार्वजनिककरण र ११ वर्षे विस्तारित वारेन्टीको प्याकेज हाम्रा आदरणीय ग्राहकहरूप्रतिको उच्च सम्मान र नेपालको हरित तथा विद्युतीय सवारीसाधनको यात्रालाई थप सवल र सशक्त बनाउने हाम्रो अटुट प्रतिबद्धताको प्रतीक भएको उहाँको भनाइ थियो।
पोखराको बजारमा नयाँ भित्रिएको ओमोडा ई फाइभ प्रोमा अत्याधुनिक प्राविधिक विशेषताहरू समावेश गरिएका छन्, जसले यसलाई आफ्नो वर्गमा निकै प्रतिस्पर्धी र उत्कृष्ट बनाउँछ। यस एसयूभीमा ५०.७ किलोवाट-घण्टा (kWh) क्षमताको शक्तिशाली ब्याट्री र ९९ किलोवाटको विद्युतीय मोटर जडान गरिएको छ, जसले २८८ न्यूटन मिटरको उत्कृष्ट टर्क उत्पादन गर्दछ।
नेपाली सडक अनुकूलका लागि यसमा १९१ मिलिमिटरको उच्च ग्राउण्ड क्लियरेन्स दिइएको छ। चालक र यात्रुको आरामदायी यात्राका लागि यसमा विशेष ‘स्पोर्ट मसाज सिट’ र भित्री सजावटमा थप प्रिमियम इन्टेरियर सामग्रीहरू प्रयोग गरिएका छन्। सुरक्षाका दृष्टिकोणले यस मोडलमा १९ भन्दा बढी एड्भाexternal एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) सुरक्षा फिचरहरू समावेश छन् भने बाहिरी आवरणलाई निकै आकर्षक, आधुनिक र स्पोर्टी एक्स्टेरियर लुक्स प्रदान गरिएको छ।
कम्पनीले नयाँ ओमोडा ई फाइभ प्रोको बजार मूल्य सिंगल टोन भेरियन्टका लागि ५१ लाख ५९ हजार रुपैयाँ र डुअल टोन भेरियन्टका लागि ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ। तर, गाडी सार्वजनिक हुनु अगावैदेखि ग्राहकहरूबाट प्राप्त भएको उत्साहजनक बुकिङ र अटोप्रेमीहरूको चासोलाई मध्यनजर गर्दै कम्पनीले सीमित अवधिका लागि विशेष प्रारम्भिक सुरुवाती मूल्य (इन्ट्रोडक्टरी प्राइस) को घोषणा गरेको छ, जसअन्तर्गत ग्राहकहरूले यो प्रिमियम गाडी केवल ४९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्।
गण्डकी प्रदेशका लागि ओमोडा जेकु र आईकारको एकमात्र आधिकारिक विक्रेताको रूपमा रहेको एलाइट मोटर्स प्रा.लि.ले आफ्ना आधुनिक शोरुम र कुशल बिक्रेता सञ्जालमार्फत बिक्री तथा बिक्रीपछिका विश्वस्तरीय सेवाहरू (आफ्टर-सेल्स सर्भिस) प्रदान गर्दै उत्कृष्ट गाडी धनी बन्ने उपभोक्ताको चाहनालाई साकार पार्न सधैं तत्पर रहेको जनाएको छ।

























