CG Electronics
IME Life
NIMB

वर्ल्डकप टु वर्ल्डकप’ योजना: विश्वकपको उत्साहलाई दोब्बर बनाउन सीजीले ल्यायो ४ वर्षको वारेन्टी र ३६ हजारसम्मको क्यासब्याक

NIMB
Himalayan Bank

 

काठमाडौँ – फुटबलको महाकुम्भ विश्वकपको ज्वरोले सम्पूर्ण विश्वलाई छोइसकेको अवस्थामा नेपाली दर्शकहरूको उत्साह र फुटबलप्रतिको अपार मायालाई अझ भव्य बनाउन नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी (CG) र यसको प्रिमियम सिरिज ‘सीजी मेरिडिया’ (CG Meridia) ले आफ्ना टेलिभिजनहरूमा आकर्षक “वर्ल्डकप टु वर्ल्डकप: ४ वर्षको खेल, ४ वर्षकै वारेन्टी!” योजना सार्वजनिक गरेको छ। फुटबलको खेल हरेक ४ वर्षमा आउने कुरालाई मध्यनजर गर्दै कम्पनीले उपभोक्ताको घरमा आगामी विश्वकपसम्मै अर्थात् ४ वर्षसम्मकै ढुक्कको अनुभव प्रदान गर्न यो विशेष स्पेसल वर्ल्डकप अफर बजारमा ल्याएको हो।

यस योजना अन्तर्गत सीजी तथा सीजी मेरिडियाका टेलिभिजनहरू खरिद गर्दा ग्राहकहरूले विभिन्न बम्पर अफर र सुविधाहरू प्राप्त गर्नेछन्। पहिलो आकर्षणका रूपमा ग्राहकहरूले टिभी खरिदमा आकर्षक छुट स्वरूप ३६ हजार रुपैयाँसम्मको महा-क्यासब्याक (Cashback) प्राप्त गर्न सक्नेछन्।

दोस्रो मुख्य आकर्षणको रूपमा विश्वकपको ४ वर्षे साइकललाई थिम बनाएर कम्पनीले सीमित मोडलका टेलिभिजनहरूमा ४ वर्षको लामो वारेन्टी प्रदान गरेको छ, जस अन्तर्गत ग्राहकले २ वर्षको पूर्ण वारेन्टी (Comprehensive Warranty) र थप २ वर्षको सर्भिस वारेन्टी (Service Warranty) प्राप्त गर्नेछन्। यो विशेष वारेन्टी सुविधा लागू गर्नका लागि ग्राहकले टिभी खरिद गरेपश्चात् वारेन्टी दर्ता (Warranty Registration) का लागि कम्पनीको टोल-फ्री नम्बर १६६००१०२२११ मा कल गर्नुपर्ने व्यवस्था मिलाइएको छ। यसका साथै टिभी खरिद गर्न चाहने तर एकैपटक रकम तिर्न गाह्रो हुने ग्राहकका लागि कम्पनीले ‘तुरुन्तै सजिलो ईएमआई’ (EMI) को उत्कृष्ट व्यवस्था गरेको छ, जसका लागि कुनै झन्झटिलो कागजी प्रक्रिया बिना केवल ‘नागरिकता’ मात्र भए पुग्नेछ।

यो ‘वर्ल्डकप टु वर्ल्डकप’ योजना २०८३ जेठ २१ गतेदेखि श्रावण ३ गतेसम्म नेपाल अधिराज्यभरि लागू हुनेछ। विगत २ दशकदेखि नेपाली उपभोक्ताको घर-आँगनमा जोडिएको सीजी ब्रान्डका यी अत्याधुनिक टिभीहरू देशभर रहेका २१ वटा अत्याधुनिक ‘सीजी डिजिटल’ शोरुमहरू, विस्तृत आधिकारिक विक्रेता सञ्जाल र अनलाइन पोर्टलहरू cgdigital.com.np तथा cginspiringlife.com मार्फत सहजै खरिद गर्न सकिन्छ। साथै, देशभर फैलिएका ४० भन्दा बढी सेवा केन्द्रहरू (सर्भिस सेन्टर) मार्फत बिक्रीपछिको उत्कृष्ट प्राविधिक सहयोग सुनिश्चित गरिएको छ।

विश्वकप केवल एउटा खेल मात्र नभएर परिवार र साथीभाइसँगै बसेर खुसी साट्ने उत्सव भएकाले आफ्नो यो योजनाले ग्राहकलाई सहुलियत मात्र नभई ४ वर्षसम्म निर्धक्क भएर उत्कृष्ट भिजुअल क्वालिटीमा खेल हेर्ने ग्यारेन्टी दिने सीजी इलेक्ट्रोनिक्सका अधिकारीले बताएका छन्। “Experience Life with CG” को मूल नारालाई आत्मसात गर्दै सीजीले यो विश्वकपलाई नेपालीहरूको घर-घरमा अविस्मरणीय बनाउने विश्वास लिएको छ।

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली...

वि.सं.२०८३ साउन ३ आइतवार १२:२३

  काठमाडौं, १६ जुलाई २०२६ — अग्नि ग्रुप अन्तर्गतको प्युजो...

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...