CG Electronics
IME Life
NIMB

एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट

NIMB
Himalayan Bank

 

काठमाडौं, जेठ २४ – एनसेलका सबै ग्राहकहरूले अब अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीहरूको खरिदमा ६० प्रतिशतसम्म भारी छुट प्राप्त गर्न सक्ने भएका छन्। एनसेल र अल्टिमा लाइफस्टाइलबीच भएको नयाँ साझेदारीसँगै एनसेल ग्राहकहरूले अल्टिमाका विभिन्न ग्याजेटहरूमा यो विशेष छुट प्राप्त गर्ने बाटो खुलेको हो।

यो अफरका लागि एनसेलका चिफ कन्जुमर बिजनेश अफिसर उपाङ्ग दत्त र अल्टिमा लाइफस्टाइलका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ। एनसेल र अल्टिमाको यो सहकार्यले ग्राहकहरूको डिजिटल जीवनशैलीलाई थप समृद्ध बनाउन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ।

९९ रुपैयाँ वा सोभन्दा माथिको सक्रिय डेटा, भ्वाइस वा कम्बो प्याक उपभोग गरिरहेका एनसेलका प्रिपेड ग्राहक र रेन्टल प्लान सक्रिय रहेका पोस्टपेड ग्राहकहरू यो छुट योजनाका लागि योग्य हुनेछन्। यस योजना अन्तर्गत खरिद गरिने कुनै पनि सामानको डेलिभरी नेपालभरि हुने व्यवस्था अल्टिमा लाइफस्टाइलले गरेको छ।

एनसेल एपबाट मात्र सञ्चालनमा ल्याइएको यस योजना अन्तर्गत एनसेल ग्राहकहरूले अल्टिमा लाइफस्टाइलका साउन्ड बार, स्पिकर, वायरलेस एयर बड, स्मार्टवाच, पावर बैंक लगायतका विभिन्न आधुनिक ग्याजेटहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

यो योजनाको लाभ उठाउन ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको एनसेल एप खोलेर पार्टनर सर्भिसेजमा गई अल्टिमा लाइफस्टाइल रोज्नुपर्ने हुन्छ। प्रयोगकर्ताको नाममा दर्ता भएको मोबाइल नम्बरमार्फत स्वतः योग्यता जाँच हुनेछ र ग्राहकले छुटसहितको तिर्नुपर्ने मूल्य एनसेल एपमै देख्न सक्ने व्यवस्था मिलाइएको छ।

यो योजनाका लागि योग्य नभएका ग्राहकहरूले ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि प्याक खरिद गरेर आफ्नो आवश्यकता अनुरूपका ग्याजेटहरू विशेष छुटमा लिन सक्नेछन्। योजनाका लागि योग्य रहेको प्याक वा रेन्टल प्लान सक्रिय रहेको अवधिभर यो छुटलाई ग्राहकहरूले पटक-पटक उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा...

वि.सं.२०८३ साउन ९ शनिवार १३:५५

  रोजगार प्रवर्द्धन: कार्यक्रमले उदीयमान प्रविधि शिक्षालाई उद्योग एक्सपोजर र...